काठमाण्डौ – साउदी प्रो लिगमा अल नासरले लगातार चौथो जित निकालेको छ। गएराति भएको खेलमा अल नासरले अल खुलुदलाई ५–३ गोलले पराजित गरेको हो।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले १५ मिनेटभित्र ह्याट्रिक गरे। उनले खेलको ६६औँ, ७२औँ र ८१औँ मिनेटमा गोल गरेका हुन्। यस्तै एन्जेलो गाब्रियल र साडियो मानेले एक–एक गोल गरे।

अल खुलुदका जुलियन डोमिन्गुएसले दुई तथा एन्टोइन एसोम्बाले एक गोल गरे।
जितसँगै ११ खेलमा २८ अङ्क जोडेको अल नासर तालिकाको दोस्रो स्थानमा छ। १२ अङ्क रहेको अल खुलुद १०औँ स्थानमा छ।
कीर्तिमानी एक हजार गोलको लक्ष्यमा रहेका ४१ वर्षीय रोनाल्डोको करियर गोल सङ्ख्या ९८५ पुगेको छ।










Discussion about this post