काठमाडौं । इजरायल र अमेरिकामा हुन लागेको चुनावले मध्यपूर्वको राजनीतिक अवस्था, युद्धको दिशा र विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
इजरायलमा आज र अमेरिकामा एक सातापछि मतदान हुँदैछ। इजरायलमा बन्ने नयाँ सरकारले मध्यपूर्वको भविष्य र जारी द्वन्द्वको दिशालाई प्रभावित पार्न सक्नेछ भने अमेरिकी कङ्ग्रेसको संरचनामा हुने परिवर्तनले पनि युद्ध र आर्थिक नीतिमा असर पार्न सक्ने विश्लेषकहरूको भनाइ छ।
बीबीसीका अनुसार इरानविरुद्ध अमेरिका र इजरायलको युद्धका कारण यो विषय थप महत्त्वपूर्ण बनेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चुनावी अभियानमा इरानमाथि पुनः आक्रमण हुन सक्ने सम्भावनाबारे चर्चा गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनले पनि यस विषयमा चासो बढाएको छ।

अमेरिकाको मध्यावधि चुनावमा महँगी प्रमुख मुद्दा बनेको छ। चुनावी परिणामले इजरायलको भावी सरकार, इरानसँगको द्वन्द्व र मध्यपूर्वको स्थिरतामा प्रभाव पार्न सक्छ।
विशेषगरी, हर्मुज जलमार्गमा ऊर्जा आपूर्ति अवरुद्ध भए विश्व बजारमा इन्धनको मूल्य बढ्न सक्ने र त्यसले विश्व अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने विश्लेषण गरिएको छ।










Discussion about this post