काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ९७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।










Discussion about this post