काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेललाई लिस्ट ‘ए’ टी–२० को मान्यता दिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विज्ञप्तिमार्फत एनपीएलका सम्पूर्ण खेलले आईसीसीको मान्यता प्राप्त गरेको जानकारी दिनुभएको हो।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा यही कात्तिक ९ गतेदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलका सबै खेलले लिस्ट ‘ए’ टी–२० को मान्यता पाउने भएका हुन्। यसले प्रतियोगिताको आधिकारिकता र महत्त्व थप बढाउने अपेक्षा गरिएको छ।










Discussion about this post