नुवाकोट । बडादसैँको पूर्वसन्ध्यामा नुवाकोटको पञ्चकन्या गाउँपालिकाले पहिरोका कारण विस्थापित परिवारलाई राहत सामग्री वितरण गरेको छ। करिब दुई महिनाअघि गएको पहिरोबाट घरबारविहीन भएका तथा अस्थायी शिविरमा बस्दै आएका परिवारलाई दैनिक उपभोग्य र आवश्यक सामग्री उपलब्ध गराइएको हो।

गाउँपालिका कार्यालयले चाडपर्वका बेला पीडित परिवारको दैनिक जीवनयापन सहज बनाउने उद्देश्यले राहत वितरण गरेको जनाएको छ।
गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश), उपाध्यक्ष विमला केसीलगायतका प्रतिनिधिहरूले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका थिए। दसैँका बेला प्राप्त सहयोगले पहिरोपीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post