काठमाडौं । फ्रान्समा जारी हिंसात्मक प्रदर्शनका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनलाई मुख्य कारण ठहर गर्दै फ्रान्सलाई तत्काल सीमा बन्द गर्न र आप्रवासनसम्बन्धी नियम कडा बनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा प्रतिक्रिया दिँदै ट्रम्पले अनियन्त्रित आप्रवासनले फ्रान्सको अवस्था बिगारेको दाबी गरेका छन्। स्थिति थप नियन्त्रणबाहिर जानुअघि नै सीमा सुरक्षित गर्नुपर्ने उनको भनाइ छ।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले पनि फ्रान्समा देखिएको अवस्थाप्रति टिप्पणी गर्दै पश्चिमी उदारवादी नीतिको आलोचना गरेका थिए। उनले विविधता र करुणाका नाममा आप्रवासनलाई प्रोत्साहन गर्दा सामाजिक एकीकरण र अनुकूलनका विषयलाई बेवास्ता गरिएको दाबी गरेका छन्।
प्रदर्शनका क्रममा एक सय ४३ वर्ष पुरानो ऐतिहासिक टाउनहलमा आगजनी भएको र प्रहरीले एक हजार आठ सयभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समाचारमा उल्लेख छ। घटनाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनमाथि राजनीतिक दबाब बढाएको छ।










Discussion about this post