रूपन्देही । आगामी आईसीसी महिला यू–१९ विश्वकप क्रिकेट र एसिया कपको तयारीका लागि भैरहवामा सञ्चालित नेपाली महिला यू–१९ राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षण सम्पन्न भएको छ।
सिद्धार्थ क्रिकेट रङ्गशालामा असोज २० गतेदेखि सञ्चालन भएको १३ दिने प्रशिक्षणमा सातै प्रदेशबाट छनोट भएका २८ महिला क्रिकेटर सहभागी थिए। खेलाडीलाई पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा यू–१९ टोलीका प्रशिक्षक महेश रिजालले प्रशिक्षण दिएका थिए।

सन् २०२७ को जनवरी–फेब्रुअरीमा नेपाल र बङ्गलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी महिला यू–१९ विश्वकपलाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको रुपन्देही क्रिकेट सङ्घका पूर्वअध्यक्ष प्रशान्त मल्लले जानकारी दिए।
बन्द प्रशिक्षणले खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।










Discussion about this post