काठमाडौं । नेपालको संसदीय इतिहासमा पहिलो पटक सरकारले सिफारिस गरेका दुई राजदूतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ।
समितिको बैठकले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम अस्वीकृत गरेको हो।
सुनारको हकमा उच्च नैतिक चरित्रसम्बन्धी प्रश्न तथा विभिन्न उजुरी र प्रमाणलाई आधार बनाइएको छ। खरेलमाथि आर्थिक अनियमितता र म्यानपावर व्यवसायीसँगको लेनदेनसम्बन्धी आरोप उठेपछि समितिले उनको नाम पनि अस्वीकृत गरेको जनाएको छ।

समितिले अन्य प्रस्तावित राजदूतमध्ये भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित व्यक्तिहरूको नाम अनुमोदन गरेको छ। जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम भने थप प्रमाण र स्पष्टता माग्दै स्थगित गरिएको छ।










Discussion about this post