काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पालिका चुनाव २०८३ का लागि उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको छ। पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, वस्तुपरक र सहभागितामूलक बनाउने उद्देश्यले नयाँ मापदण्ड ल्याएको जनाएको छ।
रूपरेखाअनुसार उम्मेदवार छनोटमा पार्टी सदस्यको प्रारम्भिक मतदानलाई ४० प्रतिशत, लिडरसिप एकेडेमीको प्रशिक्षणलाई २५ प्रतिशत, राजनीतिक निकटता तथा पृष्ठभूमिलाई २५ प्रतिशत र समावेशितालाई १० प्रतिशत भार दिइएको छ।

त्यस्तै, पार्टी सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराई विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्ष र सदस्यका उम्मेदवार छनोटमा अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
निर्धारित प्रक्रियाभन्दा बाहिर गएर उम्मेदवार छनोट गर्नुपरे केन्द्रीय समितिका तत्काल कायम सदस्यको कम्तीमा दुईतिहाइ बहुमतबाट अनुमोदन गराउनुपर्नेछ। साथै, उम्मेदवार छनोट प्रक्रियामा क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी र प्रारम्भिक निर्वाचनको व्यवस्था अनिवार्य गरिएको छ।










Discussion about this post