Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १७, २०८३
१५ विद्यालयलाई उछिन्दै महाकाली मोडर्न नृत्य प्रतियोगितामा प्रथम
0
SHARES
136
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीस्थित महाकाली मोडर्न पब्लिक स्कुलले नृत्य प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन नेपाल (एन–प्याब्सन) भीमदत्त नगर कमिटीको आयोजनामा सम्पन्न तेस्रो सिजनको नृत्य प्रतियोगितामा महाकाली मोडर्न पब्लिक स्कुल प्रथम भएको हो।

प्रतियोगितामा भीमदत्त नगर क्षेत्रका १५ विद्यालयको सहभागिता रहेको थियो। सहभागी विद्यालयलाई पछि पार्दै महाकाली मोडर्नका विद्यार्थीले आकर्षक तथा प्रभावशाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हात पारेका हुन्।

विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्यमा मौलिक कला, संस्कृति, नेपाली भेषभूषा र देशप्रतिको सम्मानलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूको सशक्त प्रस्तुतीले कार्यक्रमस्थलमा उपस्थित दर्शकको ध्यान समेत खिचेको थियो।

प्रतियोगितामा नृत्यको प्रस्तुतीकरण, मौलिकता, कला–संस्कृति, भेषभूषालगायत विभिन्न आधारमा मूल्याङ्कन गरिएको थियो। निर्धारित मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै महाकाली मोडर्न प्रथम हुन सफल भएको विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभयो।

प्रिन्सिपल भट्टका अनुसार विद्यार्थीहरूको निरन्तरको अभ्यास, मिहिनेत र लगनशीलताले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सहयोग पुगेको हो। विद्यालयले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै आएको उहाँले बताउनुभयो।

प्रतियोगितामा प्रथम भएसँगै महाकाली मोडर्न पब्लिक स्कुलले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ।

विद्यालयले अध्ययन–अध्यापनसँगै कला, संस्कृति, नृत्य तथा अन्य अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता बढाउँदै उनीहरूको प्रतिभा र सिर्जनशीलता विकासमा जोड दिँदै आएको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी
फ्ल्यास हेडिङ

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

अशोज १८, २०८३
सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल
फ्ल्यास हेडिङ

सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

अशोज १८, २०८३
लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ
फ्ल्यास हेडिङ

लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

अशोज १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

जनज्योति माध्यमिक विद्यालयमा ‘जिज्ञासा मञ्च’

अशोज १८, २०८३
धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

धनगढीमा ‘कान्छा दाई’को होम डेलिभरी सेवा सुरु

अशोज १८, २०८३
कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

कांग्रेस महाधिवेशनमा शीर्ष नेताको जमघट, लामिछानेदेखि प्रचण्डसम्म सहभागी

अशोज १८, २०८३
सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

सरकार संवादविहीन बन्दै अधिनायकवादतर्फ उन्मुख छ : शंकर पोखरेल

अशोज १८, २०८३
लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

लिङ्देनको टिप्पणी : संविधान अपरिवर्तनीय होइन, कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ

अशोज १८, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

अशोज १८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व