Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बदलिँदो हिमाली विपद्सँगै पूर्वसूचना प्रणाली सुधार्न सुझाव

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १६, २०८३
बदलिँदो हिमाली विपद्सँगै पूर्वसूचना प्रणाली सुधार्न सुझाव
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले हिमाली क्षेत्रमा देखिन थालेका असामान्य तथा विनाशकारी विपद्का लागि परम्परागत पूर्वसूचना प्रणाली पर्याप्त नहुने बताएका छन्।

काठमाण्डौमा आयोजित ‘परिवर्तनशील हिमालयमा जल सुरक्षा’ विषयक उच्चस्तरीय संवादमा उनले बाढी नदीमै सीमित रहने र बस्तीमा नपुग्ने भन्ने पुरानो बुझाइका कारण मानवीय क्षति हुने गरेको बताए।

भदौ १० गते भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको स्मरण गर्दै उनले यस्ता विपद्लाई ‘हिमाली सुनामी’ को संज्ञा दिए।

पूर्वसूचना प्रणालीले खतरा आउँदैछ भन्ने जानकारी मात्र नभई त्यसको गम्भीरता समेत स्पष्ट पार्नुपर्ने उनको भनाइ छ। यसबाट सर्वसाधारणलाई समयमै सुरक्षित स्थानमा पुग्न र सम्बन्धित निकायलाई तत्काल उद्धार तथा राहतमा परिचालन गर्न सहज हुने उनले बताए।

कार्यक्रममा अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाका महानिर्देशक डा. मार्क स्मिथले पानी खाद्य, ऊर्जा, जनस्वास्थ्य र आर्थिक विकाससँग प्रत्यक्ष जोडिएकाले एकीकृत तथा वैज्ञानिक पानी व्यवस्थापन आवश्यक रहेको बताए।

नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शम्सीले हिमनदी पग्लने, अनियमित मनसुन र हिमनदी विस्फोटका जोखिम नेपालका लागि भविष्यको मात्र नभई वर्तमान चुनौती बनिसकेको बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने
पर्यटन समाचार

अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने

कार्तिक १३, २०८३
उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
फ्ल्यास हेडिङ

उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

कार्तिक १३, २०८३
सुन महँगियो, चाँदीको मूल्य घट्यो
अर्थ/ब्यापार

सुन महँगियो, चाँदीको मूल्य घट्यो

कार्तिक १३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने

अपिहिमाल पर्यटन उत्सवमा प्रधानमन्त्री सहभागी नहुने

कार्तिक १३, २०८३
उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

कार्तिक १३, २०८३
सुन महँगियो, चाँदीको मूल्य घट्यो

सुन महँगियो, चाँदीको मूल्य घट्यो

कार्तिक १३, २०८३
कञ्चनपुरमा फूलखेतीबाट आम्दानीको आशा

कञ्चनपुरमा फूलखेतीबाट आम्दानीको आशा

कार्तिक १३, २०८३
इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह

इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह

कार्तिक १३, २०८३
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

कार्तिक १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व