Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १५, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल चुँडिएको छ । बुधबार बिहान पुलको पश्चिमतर्फको तेस्रो पिल्लर महाकाली नदीमा खसेपछि पुलको संरचना बीच भागमै टुटेको हो । बुधबार बिहानै पुल बांगिएको अवस्थामा देखिएपछि केही समयमै पिल्लर नदीमा खसेको थियो । पिल्लर खसेसँगै पुलको एक भाग नदीमा लत्रिएको छ । पुल चुँडिएपछि पैदलयात्री र दुई पाङ्ग्रे सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने यो पुल स्थानीयका लागि लामो समयदेखि महत्वपूर्ण आवागमनको माध्यम रहँदै आएको थियो । पुलबाट दैनिक आवतजावत गर्ने स्थानीयका लागि यसको क्षतिले समस्या सिर्जना भएको छ । पुल चुँडिनुको वास्तविक कारण भने प्राविधिक अध्ययनपछि मात्रै यकिन हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताउनुभयो। उहाँले क्षतिग्रस्त संरचना अहिले पनि नदीमै लत्रिएको अवस्थामा रहेकाले थप जोखिम हुन सक्ने भन्दै पुल क्षेत्रमा आवागमन रोकिएको बताउनुभएको छ। पुलमा प्रयोग भएको संरचनामार्फत दोधारा चाँदनी क्षेत्रमा इन्टरनेट सेवा समेत विस्तार गरिएको थियो । पुलको संरचनामा क्षति पुगेपछि दोधारा चाँदनी क्षेत्रमा इन्टरनेट सेवामा समेत प्रभाव परेको स्थानीयले बताएका छन् । पुल चुँडिएपछि पैदल तथा दुई पाङ्ग्रे सवारीसाधनको आवागमन प्रभावित भए पनि करिब एक किलोमिटर उत्तरतर्फ रहेको चार लेनको पक्की मोटरेबल पुल भने सञ्चालनमै छ । त्यसैले मुख्य सवारी आवागमनमा ठूलो असर परेको छैन ।

तर, पैदलयात्री र दुई पाङ्ग्रे सवारीसाधनका लागि झोलुङ्गे पुल महत्वपूर्ण माध्यम थियो । विसं २०५८ सालतिर निर्माण भएको करिब डेढ किलोमिटर लामो यो पुल केही वर्षअघिसम्म एसियाकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा समेत परिचित थियो । अढाई दशकभन्दा लामो समयदेखि दोधारा चाँदनीको आवागमन, पहिचान र पर्यटनसँग जोडिएको पुल चुँडिएपछि यसको मर्मत तथा पुनःसञ्चालनबारे चासो बढेको छ । महाकाली नदीमाथिको यो पुल दोधारा चाँदनीका लागि आवागमनको संरचना मात्रै नभई यहाँको इतिहास र पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा पनि हो । पुलको संरचना क्षतिग्रस्त भएपछि तत्काल प्राविधिक परीक्षण गरी क्षतिको कारण पहिचान गर्नुपर्ने देखिएको छ । त्यसपछि आवश्यक मर्मत वा पुनर्निर्माणको प्रक्रिया अघि बढाउनुपर्ने स्थानीयको माग छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै
फ्ल्यास हेडिङ

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

अशोज १५, २०८३
निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न
फ्ल्यास हेडिङ

निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

अशोज १५, २०८३
जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
फ्ल्यास हेडिङ

जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

अशोज १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

शिवनाथमा शैक्षिक गुणस्तर सुधारका लागि विज्ञसँग छलफल हुँदै

अशोज १५, २०८३
निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

निर्वाचित भएको ६ महिनामै सांसद महताले कृषिमन्त्रीलाई सोधे १३ प्रश्न

अशोज १५, २०८३
जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

जलविद्युत लाइसेन्सपछि आयोजनाको काम नियमित अनुगमन गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

अशोज १५, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन

अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति गठन

अशोज १५, २०८३
जलविद्युत्मा बाढीको ठूलो क्षति, हिउँदमा भारतबाट बिजुली आयात

जलविद्युत्मा बाढीको ठूलो क्षति, हिउँदमा भारतबाट बिजुली आयात

अशोज १५, २०८३
महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

महाकाली नदीको बहावले ऐतिहासिक झोलुङ्गे पुलमा क्षति

अशोज १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व