Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १४, २०८३
बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सुदूरपश्चिम तराईको सुगम जिल्ला कञ्चनपुरमा जंगली जनावरको आतङ्क बढिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएर दैजी–बेलडाँडी हुलाकी सडक, बेलौरी–कलुवापुर सडकखण्डमा समेत बन्यजन्तुकोे मुभमेन्ट बढिरहेको छ । जिल्लाको दक्षिण क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडी जोड्ने यि दुई मुख्य सडक मार्गमा समेत बन्यजन्तुकोे मुभमेन्ट बढिरहेको हो ।हुलाकी राजमार्ग अन्र्तरगत दैजी–बेलडाँडी सडक झाँडीले गुफा टर्नेल जस्तै भएकाले सडकमा दिउँसै ठुला जनावरहरुको मुभमेन्ट बढिरहेको छ । तर, झाँडी मात्रै पनि सफाईका लागि तीनै सरकार अग्रसर भएका छैनन, एकले अर्कोलाई देखाउने मात्रै काम गरिरहेका छन, यता नागरिक जोखिममा परेका प¥रैछन । सडक छेउछाउको झाँडी सफाई गर्नका लागि निकुञ्जले सिँचाई, सिँचाईले पालिकालाई देखाउँदै आएको छ ।
जंगलभित्र भएर बस्ती जोड्ने सडक क्षेत्रमा जनावरको गतिबिधी बढ्नु स्वभाविक भएपनि सडकको क्षेत्रफलमा रहेका स–साना बोट बिरुवा अहिले ठुल ठुला भएकाले वन्यजन्तुले यात्रुमाथि सहजै आक्र्रमण गर्न सक्ने अवस्था भएको छ ।
प्रदेश सरकार मातहत रहेको कलुवापुर–बेलौरी सडकण्ड झण्डै १४ र संघीय सरकार मातहत रहेको बेलडाँडी—दैजीखण्ड झण्डै १५ किलोमिटर सडक जगलको क्षेत्र पर्छ । ०५१ सालतिर निर्माण भएको महाकाली सिँचाई दोस्रो चरणकै नहरमा ०७३ सालदेखि हुलाकी सडकको स्वामित्वमा रहेको सडक छेउछाउमा झाँडी भरिभराउले सडकमा पुगेको वन्यजन्तु मुखनिरै पुगेपछि मात्रै देखिन्छ ।
१२असोज(सोमबार) बेलौरीको कलकत्ता जनज्योती माविका प्रद्यानाध्यापक समेत रहेका टेकराज अवस्थीले सडक छेउमै पाघे बाघ देखे । बेलौरीदेखि महेन्द्रनगर आउँदै गरेका कारमा सवार अवस्थीले बाघले मुखमै मृग शिकार गरेर ढुकेको देखेका थिए । अवस्थीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘आज विहान गाडिमा महेन्द्रनगर गइरहेको वेला कालिकिच क्याम्पबाट लगभग दुई किलोमिटर टाढा एउटा अन्यन्तै ठूलो पाटेबाघ एउटा मृग मुखमा च्यापेर मेरो गाडि देखेर उभियो मेराखुट्टाले एक्कासी ब्रेक लगायो उ रूकेपछि म हिंडे बिस्तारै हिडेर जानथाल्यो मेरो पछाडि आइरहेको पल्सर बाइक झण्डै उ संग ठोकिन बाट जोगियो वहाँले ब्रेक लगाएर उसको पछाडिबाट क्रस गरेर शुरक्षित जानुभयो, बाघले कुनै प्रतिक्रिया जनाएन सायद मृग मुखमा च्यापेकोले होला । यो गाडिको अगाडिको ४८ क्यामरामा कैद भएको छ । सबै सुरक्षित भएर हिड्नुहोला ।’
उता कलुवापुर–बेलौरी सडकखण्डमा ठेक्का भएपनि निकुञ्जकै अवरोधले कालागौडीदेखि चान्देवसम्म झण्डै ६किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन । स्थानीय यात्रुहरुले जंगलभित्र मात्रै नभई गाँउबस्ती, खेतबारीमा समेत आउन थालेका बन्यजन्तुले दैजी–बेलडाँडी र बेलौरी–कलुवापुर सडक छेउछाउमा आउनु स्वभाविक भएको बताएका छन । तर, बन्यजन्तुको सहस्थित्व स्वीकार गर्दै मानविय सुरक्षाका लागि समेत तीनै तहका सरकारले योजना ल्याउनुपर्नेमा उनीहरुले जोड दिएका छन ।
बेलडाँडीका स्थानीय मदन खत्रीले दैजी बेलडाँडी र बेलौरी कलुवापुर सडक यात्रुलाई जोखिम भएको बताए । ‘सडककै दुवैतर्फ लटरम्म बिरुवा उम्रीएका छन, ‘छेउमै रहेको जनावर पनि देखिदैन, ‘उनले भने, ‘एक्कासी सडक क्रस गर्दा दुर्घटना हुने गरेको छ ।’ विगतका बर्षहरुमा पनि बदेल, चित्तल लगायतका जनावरले सडक क्रस गर्ने क्रममा मानिस घाईते भएको बताए । ‘दुवै सडकमा अहिलेसम्म ठुला जनावर बाघ, हात्ती, गैडाले मानिसमाथि आक्र्रमण नै गरिहालेको छैन, ‘उनले भने, ‘स–साना जनावरले सडक क्रस गर्ने क्रममा मानिस घाईते भएका छन, मृत्युको मुखबाट बाँचेका पनि छन ।’ सडक छेउछाउमा रहेका झाँडी सफाई गर्नुपर्ने उनको सुझाव छ । सडक दायाँबाया रहेको झाँडी सफाई गर्दा यात्रुलाई टाढादेखि नै जनावर सहजै देखिने भएकाले सजक हुने बताए ।
बेलौरीका स्थानीय युवा केशव विष्टले वर्तमान अवस्थामा जिल्लाभरी बन्यजन्तुको आक्र्रमण बढिरहेका बेला बेलौरी–कलुवापुर र बेलडाँडी–दैजी सडकमा यात्रा गर्न जोखिम रहेको बताए । उक्त दुवै सडकमा यात्रु सबै जोखिम रहेको बताउँदै सबैभन्दा साईकल, मोटरसाईकल यात्रु जोखिममा पर्दै आएको बताए । ‘सडक छेउमै झाँडी छ, झाँडीबाट जनावर सडकमा आएको थाहै हुदैन, ‘उनले भने, ‘यसरी हामी यात्रु जोखिममा परेका छौँ ।’ एकातिर सडकको मुद्दा मात्रै लिएर चुनावमा जाने प्रवृति अर्कातिर जनावरको मुभमेन्टले यात्रु जोखिममा परेको उनको भनाई छ । सडक छेउछाउमा रहेका झाँडी सफाई गर्दा समेत ठुलो जोखिम घट्ने उनको सुझाव छ । पुनर्वासका खप्रलाल तामाङ्गले सडक बनाउन बुका गत दिने नेताहरु चुनाव जितेपछि गुमनाम हुने गरेको बताए । उनले चुनावका बेलामा मात्रै बेलौरी–कलुवापुर र बेलडाँडी दैजी सडक खण्डको ठुलठुला चिल्ला गफ दिने नेताहरु चुनाव जितेपछि जनताको समस्यामा चासो समेत नदिने गरेको बताए । ‘दुवै सडकको छेउमै झाँडी छ, त्यही झाडीमा यात्रुको काल लुगेर बसेको हुन्छ, फुत्त बाहिर निस्किदा मोटरसाईकल दुर्घटना हुन्छ, यात्रु त्यही ढल्छ, ‘उनले भने, ‘मानिस मरेपछि लासमाथि राजनीति गर्ने दल, तिनका नेताहरुबाट के आस गर्नु छ ।’ जनताको लागि चिन्ता भए त, अहिलेसम्म सडक नै निर्माण हुनसक्ने बताउँदै सडक कालोपत्रे भएर छेउछाउको झाडी पनि सफाई हुने बताए ।
लालझाडीका स्थानीय प्रवेसराम रानाले वन्यजन्तुको मुभमेन्टले बेलौरी–कलुवापुर र बेलडाँडी दैजी भएर यात्रा गर्न जोखिम रहेको बताए । उनले जिल्ला सदरमुकाम महेन्द्रनगर आउन जान विचमा जंगलको सडक भएर प्रयोग गर्दा वन्यजन्तुको जोखिम बढ्दा बाध्य भएर ज्यान जोखिममा पार्नुपर्ने नभए घुमाउरो सडक भएर आउनुपर्ने बताए । ‘चुनावका बेला दलका नेताहरुले दुवै सडक बनाउँछु भनेर भोट माग्छन, ‘उनले भने, ‘भोट मागेर जितेपछि वास्ता गर्दैनन, जसका कारण एकातिर कच्ची सडक अर्कातिर वन्यजन्तुको आक्र्रमणको जोखिम निम्तिएको बताए । ‘सडक छेउछाउमा रहेको झाडी पनि सफाई गर्दैनन, ‘के यि नेता र कर्मचारीलाई जनताको सुरक्षाको चिन्ता छ । सामुदायिक वन सम्म ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य
फ्ल्यास हेडिङ

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

अशोज १४, २०८३
नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड
अर्थतन्त्र

नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

अशोज १४, २०८३
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन
अर्थतन्त्र

पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

अशोज १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

बेलडाँडी–बेलौरी सडकमा दिउँसै वन्यजन्तुको आवतजावत, यात्रु जोखिममा

अशोज १४, २०८३
इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला, युवालाई सीप र रोजगारीसँग जोड्ने लक्ष्य

अशोज १४, २०८३
नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

नेप्से पुनर्संरचनाको प्रक्रिया अघि बढाउँदै धितोपत्र बोर्ड

अशोज १४, २०८३
पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

पूँजी बजार सुधारका लागि नयाँ धितोपत्र विधेयक तत्काल ल्याउन अर्थ समितिको निर्देशन

अशोज १४, २०८३
आज सुनको कारोबार कति मूल्यमा हुँदैछ?

आज सुनको कारोबार कति मूल्यमा हुँदैछ?

अशोज १४, २०८३
निजामती विधेयक फेरि संसद्मा, ३० वर्षे सेवा र ५५ वर्षे उमेरहद प्रस्ताव

निजामती विधेयक फेरि संसद्मा, ३० वर्षे सेवा र ५५ वर्षे उमेरहद प्रस्ताव

अशोज १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व