Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १०, २०८३
एसडीजी लक्ष्य प्राप्तिमा जीडीआई प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न बाँकी रहेको समयलाई तीव्र कार्यान्वयनको अवधिका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित ‘ग्लोबल डेभलपमेण्ट इनिसिएटिभ (जीडीआई)’ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले विश्वव्यापी विकासका चुनौती सामना गर्न सामूहिक र व्यावहारिक सहकार्य आवश्यक रहेको बताए।

उनले विकासशील मुलुकहरूले वित्तीय संकट, जलवायु परिवर्तन, बढ्दो ऋणको दबाब र द्वन्द्वलगायतका चुनौती सामना गरिरहेको उल्लेख गरे। हालसम्म एसडीजीमध्ये ३६ प्रतिशत लक्ष्य मात्र सही दिशामा अघि बढिरहेको तथ्य प्रस्तुत गर्दै उनले वार्षिक करिब ४ ट्रिलियन अमेरिकी डलरको वित्तीय अभाव पूरा गर्न जीडीआईजस्ता मञ्चको भूमिका महत्वपूर्ण हुने बताए।

चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा अघि सारिएको जीडीआई पहलको प्रशंसा गर्दै मन्त्री खनालले गरिबी निवारण, खाद्य सुरक्षा, हरित विकास र डिजिटल अर्थतन्त्रका क्षेत्रमा यसले ‘ग्लोबल साउथ’ का राष्ट्रलाई सहयोग पुर्‍याउन सक्ने बताए। नेपालले जीडीआईको ‘ग्रुप अफ फ्रेन्ड्स’ मा सहभागी भएर दक्षिण–दक्षिण सहकार्यलाई प्राथमिकता दिएको पनि उनले स्पष्ट पारे।

गत भदौमा रसुवाको भोटेकोशीमा आएको बाढीको प्रसंग उल्लेख गर्दै मन्त्री खनालले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका जोखिम न्यूनीकरणका लागि उत्थानशील पूर्वाधार निर्माण अपरिहार्य रहेको बताए। विपद्का समयमा चीन सरकार र चिनियाँ जनताले नेपाललाई गरेको सहयोगप्रति उनले आभार व्यक्त गरे।

मन्त्री खनालले नेपालको विकासलाई दिगो बनाउन प्रविधि हस्तान्तरण, मानव स्रोत विकास र ज्ञान आदानप्रदानमा जोड दिए। संयुक्त राष्ट्रसंघीय प्रणाली र जीडीआईबीचको सहकार्यले दिगो विकास लक्ष्यलाई राष्ट्रिय प्राथमिकतासँग जोड्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले सन् २०३० सम्मको अवधि सामूहिक क्षमता परीक्षणको महत्वपूर्ण समय भएको बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन
फ्ल्यास हेडिङ

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

अशोज १२, २०८३
एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा
खेलकुद

एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

अशोज १२, २०८३
प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो
अर्थतन्त्र

प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

अशोज १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

महाकालीको बहाव घटेसँगै बनबासा पुलमा यातायात पुनः सञ्चालन

अशोज १२, २०८३
एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

एसियन गेम्स क्रिकेट : वर्षाले दुई क्वाटरफाइनल रद्द, भारत र पाकिस्तान सेमिफाइनलमा

अशोज १२, २०८३
प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से ३.१९ अंकले उकालो

अशोज १२, २०८३
आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

आर्थिक गणनाको तथ्याङ्कलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढ्यो

अशोज १२, २०८३
मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

मौसम खुलेसँगै बाजुराको जनजीवन सामान्य बन्दै

अशोज १२, २०८३
सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह

सुदूरपश्चिमेली नेपाली समाज कतारको नयाँ नेतृत्वमा रबिन्द्र सिंह

अशोज १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व