Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ९, २०८३
भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

filter: 0; fileterIntensity: 0; filterMask: 0; spanHaloEnable: 0;

0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ । अझै वर्षा हुन सक्ने सम्भावनासँगै सम्भावित बाढी, डुबान तथा अन्य जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद् व्यवस्थापनको पूर्वतयारी तीव्र पारिएको छ ।

 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा सम्बन्धित सरकारी कार्यालयसँग समन्वय बढाएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ ।

 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जिल्लामा वर्षाको अवस्थालाई निरन्तर निगरानीमा राखिएको बताउनुभयो । उहाँका अनुसार सम्भावित जोखिमयुक्त क्षेत्रको अवस्था बुझ्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र आवश्यक परे तत्काल उद्धार तथा राहतका लागि जनशक्ति परिचालन गर्ने गरी तयारी गरिएको छ । जोखिमसम्बन्धी सूचना सर्वसाधारणसम्म समयमै पुर्‍याउन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा माइकिङमार्फत जानकारी गराउने काम भइरहेको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो।

 

सम्भावित विपद्का बेला उद्धार तथा सुरक्षाका लागि सुरक्षा निकायले पनि जनशक्ति र उपकरण तयारी अवस्थामा राखेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ शैलेश्वरी गण हेडक्वार्टर कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार जिल्लाभरि विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । पुनर्वास, बेलौरी, दोधरा चाँदनी, भीमदत्त र शुक्लाफाँटामा रबर बोटसहितको उद्धार टोली तैनाथ गरिएको उहाँले बताउनुभयो ।

 

जिल्लास्तरीय तयारीसँगै स्थानीय तहहरूले पनि सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै जनशक्ति, उपकरण र सुरक्षित स्थानको व्यवस्थापनमा जोड दिएका छन् ।

 

भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोजप्रसाद भट्टका अनुसार जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचनाका आधारमा नगरपालिकाले पूर्वतयारी तीव्र पारेको छ । सामुदायिक विपद् व्यवस्थापन समिति, उत्थानशील युवा सञ्जाल तथा नागरिक वैज्ञानिकलाई तयारी अवस्थामा राखिएको र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।

 

वेदकोट नगरपालिकाले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगर प्रहरी, जेसीबी चालक, एम्बुलेन्स चालक तथा सुरक्षा निकायसँग समन्वय बढाएको छ । नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दका अनुसार नगर क्षेत्रका सबै सामुदायिक विपद् व्यवस्थापन समितिलाई तयारी अवस्थामा राखिएको छ । पहाडी जिल्लाबाट आउने नदी तथा खोलाको बहावलाई समेत ध्यानमा राखेर सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।

 

पुनर्वास नगरपालिकाले पनि आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखेको छ । नगरपालिकाका विपद् सम्पर्क व्यक्ति ओमनाथ ढकालका अनुसार सामुदायिक विपद् व्यवस्थापन समिति र युवा सञ्जाललाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ । जोखिमको सूचना समुदायसम्म पुर्‍याउन आइभीआर तथा एसएमएसमार्फत जानकारी प्रवाह गर्ने र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभयो ।

 

पालिकाको तयारीसँगै महाकाली तटीय क्षेत्रका सामुदायिक विपद् व्यवस्थापन समितिहरू पनि सम्भावित जोखिमबाट जोगिन सक्रिय भएका छन् । भीमदत्त र दोधरा चाँदनीका तटीय क्षेत्रका समितिहरूले आकस्मिक बैठक बसेर जोखिमको अवस्था र पूर्वतयारीबारे छलफल गरेका छन् ।

 

समितिहरूले जोखिमयुक्त बस्तीमा माइकिङ गर्नुका साथै सुरक्षित आश्रयस्थल पहिचान गरेका छन् । सम्भावित जोखिम बढेमा स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको छ । आश्रयस्थलका लागि खाद्यान्न, तत्काल खान सकिने खानेकुरा, म्याट तथा ग्यास चुलोलगायतका सामग्री खरिद गरी तयारी अवस्थामा राखिएको छ ।

 

स्थानीयलाई अन्न, नागरिकता तथा अन्य महत्वपूर्ण कागजात पानीबाट जोगिने गरी सुरक्षित स्थानमा राख्नसमेत सचेत गराइएको छ । जोखिम बढेमा आवश्यक सामग्रीसहित सुरक्षित आश्रयस्थलमा जान सक्ने गरी समुदायस्तरमा तयारी गरिएको समितिहरूले जनाएका छन् ।

 

दोधरा चाँदनी नगरपालिका -३ पटराखल्लामा डुबानको जोखिम बढेपछि जोखिममा रहेका घरधुरीको खाद्यान्न तथा आवश्यक सामग्री सुरक्षित स्थानमा सारिएको छ । नगर प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा घरधुरीबाट सारिएका सामग्री जमुना आधारभूत विद्यालयमा राखिएको नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले जानकारी दिनुभयो ।

 

त्यस्तै, दोधरा चाँदनी -१० कुतियाकबरका स्थानीयले पनि सम्भावित डुबानलाई मध्यनजर गर्दै सेफ हाउसमा खाद्यान्न, प्राथमिक उपचार सामग्री तथा आवश्यक कागजात सुरक्षित राखेका छन् ।

 

वर्षा निरन्तर भइरहेकाले नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र तटीय तथा डुबानको जोखिमसमेत बढ्न सक्ने भएकाले प्रशासनले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । नदी तथा खोलाको किनारमा नजान, जोखिमपूर्ण यात्रा नगर्न तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचना पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।

 

सम्भावित जोखिम आउनुअघि नै सूचना प्रवाह, उद्धार टोलीको परिचालन, सुरक्षित आश्रयस्थलको व्यवस्थापन र समुदायस्तरको तयारीलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन, स्थानीय तह, सुरक्षा निकाय तथा सामुदायिक विपद् व्यवस्थापन समितिहरूबीच समन्वय बढाइएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय
पर्यावरण

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

अशोज ९, २०८३
भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान
पर्यावरण

भीमदत्त–११ मा मल्टी हजार्ड साइरन जडान

साउन २७, २०८३
जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड
पर्यावरण

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

वर्षासँगै डुबानको जोखिम बढेपछि सुरक्षित स्थानमा सारिँदै स्थानीय

अशोज ९, २०८३
भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

भारी वर्षाको सम्भावनासँगै कञ्चनपुरमा कस्तो छ पूर्वतयारी ?

अशोज ९, २०८३
सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

अशोज ९, २०८३
एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व