Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०८३
प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । प्रगतिशील लेखक सङ्घ (प्रलेस), नेपाल जिल्ला समिति कञ्चनपुरले सङ्घको ७५औँ स्थापना दिवस अर्थात् हिरक जयन्तीको पूर्वसन्ध्यामा रचना वाचन कार्यक्रम आयोजना गरेको छ ।

 

प्रलेस कञ्चनपुरका अध्यक्ष प्रजापति नेगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज रमेश पन्त ‘मीतबन्धु’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा प्रलेस कञ्चनपुरका पूर्वअध्यक्ष तथा गुगुल्डी वाङ्मय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द ‘विश्राम’ र पूर्वसल्लाहकार तथा संस्कृतिविद् पञ्चमराज भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

महेन्द्रनगरस्थित ककालु फुड्समा आयोजित कार्यक्रममा साहित्यकार वीरबहादुर चन्द, पञ्चमराज भट्ट, अमितप्रसाद भट्ट, देवदत्त ओझा, सन्दीप ओझा ‘समर्पण’, गङ्गा बिष्ट नेगी, चाँदनी भट्ट, निर्मला साउद, प्रेमप्रकाश कलौनीलगायत एक दर्जनभन्दा बढी साहित्यकारले गीत, गजल, कविता तथा मुक्तकलगायतका रचना प्रस्तुत गरेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि मीतबन्धुले प्रलेसले स्थापना कालदेखि नै राष्ट्र, राष्ट्रियता तथा जनजीविकाका सवालमा आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले प्रगतिशील साहित्यकार तथा कलाकारले समाजमा रहेका विकृति र विसङ्गतिविरुद्ध सिर्जनामार्फत आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रलेसका संस्थापक साहित्यकार श्यामप्रसादसहित दिवङ्गत स्रष्टाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहित्य र समाजमा उनीहरूले पुर्‍याएको योगदानको स्मरण गरिएको थियो । हिरक जयन्तीको अवसरमा अग्रज स्रष्टा वीरबहादुर चन्द ‘विश्राम’ र संस्कृतिविद् पञ्चमराज भट्टलाई प्रलेस कञ्चनपुरका तर्फबाट सम्मानसमेत गरिएको थियो ।

 

यसैबीच, कार्यक्रममा प्रलेस कञ्चनपुरका पूर्वअध्यक्ष वीरबहादुर चन्द ‘विश्राम’ले रसुवाको भोटेकोशी बाढीपीडितका लागि २० हजार १ सय १० रुपैयाँ सहयोग रकम प्रलेस कञ्चनपुरका अध्यक्ष प्रजापति नेगीलाई हस्तान्तरण गर्नुभयो ।

 

उक्त रकममा प्रलेस कञ्चनपुरका तर्फबाट थप सहयोग गरी असोज ५ गते प्रलेसको स्थापना दिवसका अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने अध्यक्ष नेगीले जानकारी दिनुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आज गणेश चतुर्थी र ऋषिपञ्चमी मनाइँदै
कला/संस्कृति

आज गणेश चतुर्थी र ऋषिपञ्चमी मनाइँदै

भदौ ३०, २०८३
तीजले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : गगन थापा
फ्ल्यास हेडिङ

तीजले सामाजिक सद्भाव र सांस्कृतिक एकता बलियो बनाउँछ : गगन थापा

भदौ २९, २०८३
आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला
कला/संस्कृति

आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

भदौ २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

प्रलेसको हिरक जयन्तीको पूर्वसन्ध्यामा कञ्चनपुरमा रचना वाचन

अशोज ४, २०८३
राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

राना थारु होमस्टेमा तीन दिने प्रदेशस्तरीय पर्यावरणीय कृषि युवा सम्मेलन सुरु

अशोज ४, २०८३
हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व