Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिमका रैथाने परिकार अब एउटै थालीमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १, २०८३
सुदूरपश्चिमका रैथाने परिकार अब एउटै थालीमा
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिमका रैथाने खानाका परिकारलाई एउटै थालीमा समेटेर भीमदत्त नगरपालिका -३ ऐठपुरस्थित ममताज काजबारले ‘सुप थाली’ सुरु गरेको छ । बिहीबारदेखि सुरु गरिएको थालीमा बटुक, माडा, फापर तथा कोदोको रोटी, गतानी, भाङको चट्नी, भट्टकी चकानी, मेथी पलेउ, फाडोलगायतका परिकार समावेश छन् ।

थालीमा थारू समुदायका कुल्चा मुला र आलु कुल्चालगायतका परिकारसमेत राखिएको छ । स्थानीय स्तरमा उत्पादन हुने सामग्री प्रयोग गर्दै परम्परागत स्वाद र मौलिकता कायम राख्ने प्रयास गरिएको रेस्टुरेन्टका सञ्चालक धिरज चन्दले बताउनुभयो । उहाँका अनुसार खानालाई स्वादिष्टसँगै स्वस्थकर बनाउन फलाम तथा काँसका भाँडामा परम्परागत विधिबाट खाना पकाउने र जिम्बु, टिम्मुर, भाङको छोप तथा पहाडी तोरीको तेलजस्ता सामग्री प्रयोग गरिनेछ ।

चन्दले सुदूरपश्चिमका मौलिक खानालाई व्यवसायसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले ‘सुप थाली’ सुरु गरिएको बताउनुभयो । “खाना पेट भर्ने माध्यम मात्र होइन, यो संस्कृति, परम्परा र पहिचानसँग जोडिएको हुन्छ,” उहाँले भन्नुभयो, “ओझेलमा परेका हाम्रा मौलिक परिकारलाई खानाका पारखीमाझ पुर्‍याउन चाहन्छौँ ।”

सुदूरपश्चिमेली भाषामा चाडपर्वलाई ‘काजबार’ भन्ने गरिएकाले रेस्टुरेन्टको नामसमेत काजबार राखिएको चन्दले बताउनुभयो । रैथाने परिकारका लागि आवश्यक सामग्री जुटाउन पहाड तथा तराईका किसानसँग सम्पर्क विस्तार गरिएको उहाँको भनाइ छ ।

काठमाडौंमा उच्च शिक्षा अध्ययनपछि दूरसञ्चारसम्बन्धी कम्पनीमा १४ वर्ष जागिर गरेका चन्द सात वर्षअघि गृह नगर फर्किनुभएको थियो । आफ्नै व्यवसाय गर्ने सोचले ममताज पार्टी प्यालेस सुरु गरेका उहाँले करिब दुई महिनाअघि काजबार रेस्टुरेन्ट सञ्चालनमा ल्याउनुभएको हो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

Private: वडाध्यक्ष थापाद्वारा विद्यार्थीलाई वडा अध्यक्ष विद्यालय पोशाक वितरण
Uncategorized

वडाध्यक्ष थापाद्वारा विद्यार्थीलाईविद्यालय पोशाक वितरण

अशोज १, २०८३
जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिमका रैथाने परिकार अब एउटै थालीमा

सुदूरपश्चिमका रैथाने परिकार अब एउटै थालीमा

अशोज १, २०८३
Private: वडाध्यक्ष थापाद्वारा विद्यार्थीलाई वडा अध्यक्ष विद्यालय पोशाक वितरण

वडाध्यक्ष थापाद्वारा विद्यार्थीलाईविद्यालय पोशाक वितरण

अशोज १, २०८३
सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

बजेट कार्यान्वयनका अवरोध हटाएर खर्च बढाउन मुख्यमन्त्री शाहीको निर्देशन

अशोज १, २०८३
घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

चैतमा नेपाल–बंगलादेश टी–२० शृङ्खला, कीर्तिपुरमा तीन खेल

अशोज १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व