Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १७, २०८३
सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्का बेला सरकारले स्रोत–साधन परिचालन गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्न नहुने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै पराजुलीले विपद् व्यवस्थापनका क्रममा राज्यबाट भएका प्रयासको सम्मान गर्दै तयारी र व्यवस्थापनमा देखिएका कमजोरीबाट पनि पाठ सिक्नुपर्ने बताए। उनले भएका कमजोरी लुकाउन नहुने र राज्यका प्रयासलाई पनि अवमूल्यन गर्न नहुने धारणा राखे।

उनका अनुसार विपद्का बेला राज्यले आफ्ना सबै संयन्त्र परिचालन गरिरहेको भए पनि उद्धार, राहत तथा पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता छ। सरकारले विपद्का समयमा गरिरहेका उद्धार तथा राहतका कामबारे नागरिकलाई स्पष्ट जानकारी दिनुपर्ने उनले बताए।

पराजुलीले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले पछिल्लो समय गम्भीर प्रकृतिका विपद् भोग्नुपरिरहेको उल्लेख गरे। नेपालले जलवायु संकटमा तुलनात्मक रूपमा न्यून योगदान गरे पनि त्यसको असर असमान रूपमा भोगिरहेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताए।

‘नेपालले विश्वसँग केवल सहानुभूति मागेर हुँदैन,’ उनले भने, ‘जलवायु संकटमा हाम्रो भूमिका न्यून भए पनि हामीले असमान मूल्य चुकाइरहेका छौँ। त्यसैले अन्तर्राष्ट्रियस्तरमा जलवायु न्यायका लागि निरन्तर आवाज उठाउनुपर्छ।’

उनले विपद् र जलवायु जोखिमलाई ध्यानमा राख्दै विकासको नयाँ बहस आवश्यक रहेको पनि बताए।

बेपत्ता नागरिकको खोजी निरन्तर गर्नुपर्ने

उपनेता पराजुलीले बेपत्ता नागरिक फेला नपरेसम्म खोजी तथा उद्धार कार्य रोक्न नहुनेमा जोड दिए। विस्थापित नागरिक सुरक्षित रूपमा घर फर्कने अवस्था नबनेसम्म राहत वितरणलाई निरन्तरता दिनुपर्ने उनले बताए।

विपद् विनाशकारी हुनुको वास्तविक कारण पत्ता नलागेसम्म अनुसन्धान प्रक्रिया रोक्न नहुने भन्दै उनले घटनाको कारण र प्रभावबारे स्वतन्त्र, बहुविषयगत तथा वैज्ञानिक छानबिन आवश्यक रहेको बताए।

पराजुलीले भोटेकोशी–त्रिशूली नदी प्रणालीको समग्र जोखिम नक्साङ्कन तत्काल गर्नुपर्ने माग पनि गरे। यसबाट भविष्यमा हुन सक्ने सम्भावित विपद्को जोखिम पहिचान गरी पूर्वतयारी र न्यूनीकरणका योजना बनाउन सहयोग पुग्ने उनको भनाइ छ।

नेपाल अहिले शोकमा रहे पनि मुलुक बन्द नभएको सन्देश विश्व समुदायमा दिनुपर्ने उल्लेख गर्दै उनले सुरक्षित गन्तव्यहरूको आधिकारिक जानकारी लिएर नेपाल भ्रमणलाई निरन्तरता दिन आग्रह गरे।

कठिन परिस्थितिमा नेपालको पर्यटन क्षेत्रलाई जोगाउनु मुलुकको आर्थिक पुनरुत्थानका लागि महत्वपूर्ण हुने पराजुलीले बताए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो
फ्ल्यास हेडिङ

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

भदौ १७, २०८३
भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता
विपद्

भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता

भदौ १७, २०८३
भोटेकोशी बाढीपीडितका लागि कतारको राहत सहयोग
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीपीडितका लागि कतारको राहत सहयोग

भदौ १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

भदौ १७, २०८३
सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली

सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली

भदौ १७, २०८३
भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता

भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता

भदौ १७, २०८३
भोटेकोशी बाढीपीडितका लागि कतारको राहत सहयोग

भोटेकोशी बाढीपीडितका लागि कतारको राहत सहयोग

भदौ १७, २०८३
घरघरमा बिरुडा, गाउँगाउँमा देउडाको रौनक

घरघरमा बिरुडा, गाउँगाउँमा देउडाको रौनक

भदौ १७, २०८३
त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो

त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो

भदौ १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व