Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

घरघरमा बिरुडा, गाउँगाउँमा देउडाको रौनक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १७, २०८३
घरघरमा बिरुडा, गाउँगाउँमा देउडाको रौनक
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

दार्चुला । सुदूरपश्चिमको मौलिक कला, संस्कृति र परम्पराको पहिचान बोकेको गौरा पर्व सुरु भएसँगै दार्चुलाका गाउँबस्तीमा चहलपहल बढेको छ। घरघरमा बिरुडा भिजाउनेदेखि गौराघर सजाउने र गाउँगाउँमा देउडा खेल्ने क्रम सुरु भएपछि दार्चुला गौरामय बनेको हो।

भाद्र शुक्लपक्ष पञ्चमी अर्थात् बिरुडा पञ्चमीसँगै यस वर्षको गौरा पर्व विधिवत् सुरु भएको छ। मंगलबार बिहानैदेखि दार्चुलाका विभिन्न गाउँ तथा सदरमुकाम क्षेत्रमा महिलाहरूले परम्परागत विधिअनुसार बिरुडा भिजाएका छन्।

मालिकार्जुन गाउँपालिका–२ भैंसेखर्ककी लीला धामीका अनुसार मास, कलौं, गहत, गहुँ र गुरुस गरी पाँच प्रकारका अन्न तथा गेडागुडी भिजाएर बिरुडा तयार गरिन्छ। गाईको गोबरले लिपेर शुद्ध पारिएको तामाको भाँडोलाई दुबो र अक्षताले सिँगारेर त्यसमा पाँच प्रकारका अन्न राख्ने परम्परा छ। धार्मिक आस्थासँग जोडिएको बिरुडालाई गौरीको प्रसादका रूपमा लिने गरिन्छ।

गौरा पर्व सुदूरपश्चिमका नौवटै जिल्लामा धुमधामका साथ मनाइन्छ। पर्वका कारण विद्यालय तथा बजार क्षेत्रमा समेत चहलपहल बढेको छ। महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर जोशीले गौरा विशेषगरी महिलाको महत्वपूर्ण पर्व भएकाले विद्यालयमा बिदा दिइएको बताए।

बिरुडादेखि गौराघरसम्म

षष्ठीका दिन बिरुडा पखाल्ने र सप्तमीका दिन धानखेतमा धानसँगै उम्रिएको साउँबाट गौराको प्रतिमा बनाइ गौराघरमा भित्र्याउने चलन छ। त्यसपछि गौराका मुख्य धार्मिक तथा सांस्कृतिक गतिविधि सुरु हुन्छन्।

गौराष्टमीलाई पर्वको मुख्य दिन मानिन्छ। यस दिन गौरीको पूजाआजा गरी मंगलगानका साथ गौरा नचाउने परम्परा छ। गौराघर र आँगनमा अठवाली गीत, चैत, धमारी तथा वीरगाथाका भाका गुञ्जिन्छन्। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका यी लोकभाकाले सुदूरपश्चिमको मौलिक कला, संस्कृति र इतिहासलाई जीवन्त राखेका छन्।

महाकाली नगरपालिका–५ की हीरा अवस्थीका अनुसार गौराका अवसरमा महिलाहरूले दुबधागो धारण गर्ने तथा परिवारको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै गौरीको पूजा गर्ने गर्छन्। महिलासँगै पुरुषहरू पनि देउडा, धमारीलगायत सांस्कृतिक गतिविधिमा सहभागी हुने गरेका छन्।

गौरासँगै फर्किन्छन् परदेशी

गौरा पर्वको रौनक गाउँका आँगनमा मात्र सीमित छैन। रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू पर्व मनाउन घर फर्किन थालेपछि सीमा नाकामा समेत चहलपहल बढेको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख गौरव महतका अनुसार पछिल्ला दिनमा भारतबाट घर फर्किने नेपालीको संख्या बढेको छ। दत्तु, जौलजीवी, लाली र खलंगा नाकाबाट नेपालीहरू स्वदेश फर्किरहेका छन्।

वर्षभरि परिवारबाट टाढा रहेका नेपालीका लागि गौरा आफ्नै गाउँ, घर र आफन्तसँग जोडिने महत्वपूर्ण अवसर बनेको छ। गौरा मनाउन अन्यत्र बसाइँ सरेका मानिससमेत आफ्नो थातथलो फर्किने गरेका छन्।

देउडामा झल्किन्छ सुदूरपश्चिमको पहिचान

गौरा सुरु भएसँगै दार्चुलाका विभिन्न गाउँमा देउडा खेल्ने क्रम पनि सुरु भएको छ। गोलो घेरामा सबाल–जवाफका रूपमा खेलिने देउडामा प्रेम, सम्बन्ध, सामाजिक विषय, सुखदुःख, इतिहास तथा समसामयिक विषयसमेत अभिव्यक्त हुने गर्छन्।

संस्कृतिका जानकारहरूका अनुसार गौरा धार्मिक पर्व मात्र नभई सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक निरन्तरताको पर्व पनि हो। यसले वर्षौँदेखि टाढिएका आफन्तलाई भेट गराउने, पुस्ताबीचको सम्बन्ध बलियो बनाउने र गाउँसमुदायलाई एउटै सांस्कृतिक सूत्रमा बाँध्ने काम गरेको छ।

आधुनिक मनोरञ्जन र सामाजिक सञ्जालको प्रभाव बढे पनि दार्चुलाका गाउँबस्तीमा गौराको मौलिकता अझै कायम छ। फाग, देउडा, धमारी र अठवाली गीतमार्फत नयाँ पुस्ताले समेत पुर्खौँदेखि चलिआएको संस्कृति सिक्ने र आत्मसात् गर्ने अवसर पाइरहेको छ।

बिहान घरघरमा बिरुडाको तयारी, दिउँसो पूजाआजा र साँझ देउडाको रौनक—यतिबेला दार्चुलाका पहाडी बस्तीमा गौरा पर्वको यही दृश्य देखिन थालेको छ। गौरा पर्वले दार्चुलालाई धार्मिक आस्था, मौलिक कला र सांस्कृतिक उत्सवले गुल्जार बनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा
फ्ल्यास हेडिङ

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित
कृषि

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा
फ्ल्यास हेडिङ

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

साउदीमाथि शानदार जितसँगै नेपाल एक खेलअगावै सेमिफाइनलमा

भदौ २१, २०८३
दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

दश वर्षमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १८ लाखभन्दा बढी परिवार लाभान्वित

भदौ २१, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

पर्यटनबाट विकासको आधार बन्दै भक्तपुर, ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी आगन्तुक

भदौ २१, २०८३
बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

बाढीले खानेपानी आयोजनामा ठूलो क्षति, प्रारम्भिक अनुमान ६४ करोड

भदौ २१, २०८३
विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

विपद्को सहायतामा चीनको नयाँ शैली : सरकारदेखि राजनीतिक दलसम्म

भदौ २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व