Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २६, २०८३
प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘गुप्तवास’ शैली त्यागेर संसद्मा उपस्थित भई जनप्रतिनिधिको सामना गर्न आग्रह गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले प्रधानमन्त्री संसद् र आफूलाई समर्थन गर्ने राजनीतिक दलहरूबाट टाढिँदै गएको आरोप लगाए। उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदहरूसँग निरन्तर संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री संसद्मा उपस्थित हुँदा सरकार थप सुरक्षित र सुदृढ हुने बताउँदै शर्माले उनलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दल तथा विश्वासको मत दिने संसद्बाट टाढिएर सरकार सञ्चालन गर्न नसकिने टिप्पणी गरे।

‘प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ, गुप्तवासमा नबस्नुहोस्। तपाईं एक्लै हुँदा एक्लै हुनुहुन्छ, तर संसद्मा आउँदा सांसद र सिंगो संसद् तपाईंको साथमा हुन्छ,’ उनले भने, ‘तपाईंले सकारात्मक पहल गर्नुभयो भने संसद्ले साथ दिन्छ, तर गलत प्रक्रिया अपनाउनुभयो भने संसद् नै तपाईंको विपक्षमा उभिन्छ।’

सांसद शर्माले प्रधानमन्त्रीले आफूलाई निर्वाचित गराउन सहयोग गर्ने राजनीतिक दलका कार्यालयमा समेत जान छोडेको भन्दै आलोचना गरे। संसद् र राजनीतिक दलबाट प्रधानमन्त्री टाढिँदै गएकै कारण सामाजिक सञ्जालमा समेत एक्लोपन झल्किने खालका अभिव्यक्ति सार्वजनिक हुने गरेको उनको टिप्पणी थियो।

उनले प्रधानमन्त्रीलाई संसद्सँग निरन्तर संवाद र सहकार्य गर्न आग्रह गर्दै भने, ‘जसले तपाईंलाई प्रधानमन्त्री बनायो, त्यो दल र जसले तपाईंलाई विश्वासको मत दियो, त्यो संसद्बाट टाढा भएर सरकार चलाउन सकिँदैन। त्यसैले संसद्सँग निरन्तर संवाद र सहकार्य गर्न म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्दछु।’

सांसद शर्माले प्रधानमन्त्री शाहका पछिल्ला केही अभिव्यक्ति विवादास्पद बनेको उल्लेख गर्दै ती अभिव्यक्ति सच्याउन सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराए।

उनले प्रधानमन्त्रीलाई आफ्ना गलत अभिव्यक्ति सच्याउन रुलिङ गर्न तथा विवादित भनाइहरू संसद्को अभिलेखबाट हटाउनसमेत सभामुखसँग माग गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग
राजनीति

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

साउन २७, २०८३
देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे
राजनीति

देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

साउन २७, २०८३
एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण
राजनीति

एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

साउन २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

प्रहरी खरिदमा भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिन माग

साउन २७, २०८३
देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

देउवाको नाम दुरुपयोग गरेर कांग्रेस कमजोर पार्ने खेल भयो : घिमिरे

साउन २७, २०८३
एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

एलपी ग्यास आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

साउन २७, २०८३
अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

अब ५२ जिल्लामा मात्रै सहसचिव सीडीओ रहनेछन्

साउन २७, २०८३
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा कञ्चनपुरका श्यामसुन्दर ढकाल मनोनित

साउन २७, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व