Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति कांग्रेस प्रमुख सचेतक थापाको असन्तुष्टि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २२, २०८३
पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति कांग्रेस प्रमुख सचेतक थापाको असन्तुष्टि
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गर्दै बैठकको नियमितता र विद्युत क्षेत्रको नीतिगत सुधारमा जोड दिएकी छन्।

शुक्रबार बसेको समितिको बैठकमा बोल्दै थापाले समितिको बैठक पर्याप्त संख्यामा बस्न नसकेको तथा पूर्वाधार विकाससँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रभावकारी रूपमा काम हुन नसकेको बताइन्।

उनले विद्युत विस्तार तथा प्रसारण लाइन निर्माणमा भइरहेको ढिलासुस्ती र प्रशासनिक जटिलताले विकास आयोजनामा असर परेको उल्लेख गरिन्। ३३ केभी र २१ केभी प्रसारण लाइनको स्वीकृतिका लागि समेत नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय धाउनुपर्ने बाध्यताले काममा अनावश्यक ढिलाइ भइरहेको उनको भनाइ थियो।

थापाले टेन्डर प्रक्रियामा रहेका प्राविधिक कमजोरी तथा केन्द्रबाट सामग्री आपूर्ति र स्थानीय स्तरमा जनशक्ति परिचालन गर्ने छुट्टाछुट्टै ठेक्का प्रणालीका कारण समन्वय अभाव सिर्जना भई सामग्री नपुग्दा काम रोकिने अवस्था रहेको बताइन्।

‘अन्य समितिहरूको बैठक २०–२२ पटकसम्म बसिसक्दा हाम्रो समितिको बैठक सातौँ पटक मात्रै बस्नु दुःखद छ। यस समितिअन्तर्गत धेरै मन्त्रालय रहेका कारण पनि समन्वयमा समस्या देखिएको हुन सक्छ, यसलाई तत्काल सुधार गर्नुपर्छ,’ उनले भनिन्।

थापाले स्थानीय तहमा सञ्चालन हुने आयोजनाका लागि समेत केन्द्रको स्वीकृति कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउँदै स्थानीय तह वा प्रदेश सरकारलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने नीतिगत व्यवस्था गर्न आग्रह गरिन्।

उनले स्थानीय स्तरमा सञ्चालन भइरहेका केही पूर्वाधार आयोजना दिगो र गुणस्तरीय नभएको उल्लेख गर्दै त्यस्ता कामको प्रभावकारी अनुगमन र दीर्घकालीन योजना निर्माणमा समितिले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
राजनीति

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३
राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसदको प्रश्न : कुन सेनाको मातहत राख्ने हो ?
राजनीति

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसदको प्रश्न : कुन सेनाको मातहत राख्ने हो ?

साउन २२, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त
राजनीति

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

साउन २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
बिजुली बिलमा भ्याट विवाद, प्राधिकरणको स्पष्टीकरण– ‘उपभोक्ताको बुझाइमा फरक पर्‍यो’

चार जिल्ला र मोरङका केही क्षेत्रमा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

साउन २२, २०८३
पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति कांग्रेस प्रमुख सचेतक थापाको असन्तुष्टि

पूर्वाधार विकास समितिको कार्यसम्पादनप्रति कांग्रेस प्रमुख सचेतक थापाको असन्तुष्टि

साउन २२, २०८३
राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसदको प्रश्न : कुन सेनाको मातहत राख्ने हो ?

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसदको प्रश्न : कुन सेनाको मातहत राख्ने हो ?

साउन २२, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व