कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा टेक राज भट्ट चयन हुनुभएको छ।
विश्वव्यापी युथम्यापर्स सञ्जालअन्तर्गत सञ्चालनमा रहेको यस च्याप्टरले खुला नक्साङ्कन, भू–स्थानिक प्रविधि, अनुसन्धान, नवप्रवर्तन, नेतृत्व विकास तथा विद्यार्थीको क्षमता अभिवृद्धिमा काम गर्दै आएको छ। नयाँ कार्यसमितिमा विश्वविद्यालयका इन्जिनियरिङ, सामान्य विज्ञान, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि, व्यवस्थापन, शिक्षा, मानविकी तथा सामाजिक विज्ञान र कानुन विभागका विद्यार्थीको प्रतिनिधित्व रहेको छ।

नयाँ कार्यसमिति पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यता–आधारित छनोट प्रक्रियामार्फत गठन गरिएको संस्थाले जनाएको छ। अन्तिम छनोट युथम्यापर्सका क्षेत्रीय राजदूत इन्जिनियर अशोक ठकुल्ला, फ्याकल्टी एडभाइजर सहायक प्राध्यापक इन्जिनियर रोहितकुमार बिष्ट, कार्यकारी सल्लाहकार खेमराज बिका तथा निवर्तमान अध्यक्ष किरण भट्ट रहेको मूल्याङ्कन समितिले गरेको थियो।
औपचारिक नेतृत्व हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष किरण भट्टले संस्थाका अभिलेख तथा जिम्मेवारी नयाँ अध्यक्ष टेक राज भट्टलाई हस्तान्तरण गर्नुभयो। कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, विभिन्न विभागका प्रमुख तथा प्राध्यापकहरूको उपस्थिति रहेको थियो।
नयाँ कार्यसमितिले अघिल्लो कार्यसमितिका उपलब्धिलाई निरन्तरता दिँदै खुला नक्साङ्कन, भू–स्थानिक प्रविधि, अनुसन्धान, नवप्रवर्तन, डिजिटल सीप तथा नेतृत्व विकाससँग सम्बन्धित कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा स्कुल अफ इन्जिनियरिङका प्रमुख ई. हरि प्रसाद जोशी, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख डा. दिपेन्द्र चन्द तथा उपप्राध्यापक महेश प्रसाद अवस्थी लगायत विश्वविद्यालयका विभिन्न विभागका प्रमुख, प्राध्यापक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विश्वविद्यालयमा नेतृत्व विकास, नवप्रवर्तन र भू–स्थानिक प्रविधिसम्बन्धी गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
यस्तो छ कार्यसमिति









Discussion about this post