नेपालमा सौर्य ऊर्जा विस्तारसँगै विद्युत् प्रणालीलाई थप भरपर्दो बनाउन हुवावेले ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा’ (पीभी) र ‘लुटेरा ग्रिड–फर्मिङ ऊर्जा भण्डारण प्रणाली’ (ईएसएस) सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार नयाँ प्रविधिले एआई र डिजिटल प्रणालीमार्फत सौर्य ऊर्जा उत्पादनलाई थप प्रभावकारी बनाउने, सञ्चालन व्यवस्थापन सहज गर्ने तथा उत्पादन भएको विद्युत् भण्डारण गरी आवश्यकताअनुसार आपूर्ति गर्न सहयोग गर्नेछ। जलविद्युत्सँगै सौर्य ऊर्जा विस्तार भइरहेका बेला यस्तो ऊर्जा भण्डारण प्रविधिले विद्युत् प्रणालीको स्थायित्व र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।








Discussion about this post