Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मिटरब्याज पीडितसँग आज फेरि वार्ता, कानुनी सम्झौतालाई अन्तिम रूप दिने तयारी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १, २०८३
मिटरब्याज पीडितसँग आज फेरि वार्ता, कानुनी सम्झौतालाई अन्तिम रूप दिने तयारी
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच आज पुनः वार्ता हुँदैछ। बाराको सिमरामा भएको पाँचबुँदे सहमतिलाई औपचारिक कानुनी सम्झौतामा रूपान्तरण गर्ने उद्देश्यका साथ दुवै पक्ष पुनः छलफलमा बस्न लागेका हुन्।

गृहमन्त्री सुधन गुरुङ र मिटरब्याज पीडितबीच सिमरामा भएको सहमतिपछि हिजो सिंहदरबारमा सरकारी वार्ता टोली र पीडित पक्षबीच पहिलो चरणको छलफल सम्पन्न भएको थियो। सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज पुनः वार्ता हुन लागेको हो।

सरकारले पहिलोपटक मिटरब्याजलाई गम्भीर आर्थिक अपराध का रूपमा कानुनी मान्यता दिने तथा त्यसविरुद्ध छुट्टै कानुनी संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

प्रस्तावित कानुनमा मिटरब्याजजन्य कारोबारको स्पष्ट परिभाषा, पीडितको पहिचान, क्षतिपूर्ति, हडपिएको जग्गाजमिन फिर्ता, फर्जी तमसुक खारेज, संस्थागत कर्जामा सहज पहुँच विस्तार तथा निजी साहुबाट हुने ऋण कारोबारलाई कानुनी दायरामा ल्याउने व्यवस्था समेटिनेछ।

त्यसैगरी, नभएको ऋणको तमसुक बनाउने, वास्तविकभन्दा बढी रकम देखाउने, ब्याजलाई साँवामा जोडेर नयाँ तमसुक तयार गर्ने, कानुनले तोकेकोभन्दा बढी ब्याज असुल्ने, धम्की वा हिंसाको प्रयोग गरेर ऋण उठाउने, ऋणीको सम्पत्ति कब्जा गर्ने, खाली चेकमा हस्ताक्षर गराउने तथा बैंकिङ प्रमाणबिनै लिखत तयार गर्ने कार्यलाई मिटरब्याज अपराध का रूपमा कानुनले स्पष्ट परिभाषित गर्ने प्रस्ताव गरिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार मिटरब्याजसम्बन्धी मुद्दाको सुनुवाइका लागि छुट्टै न्यायाधिकरण गठन गरिनेछ। साथै फर्जी कागजातको फरेन्सिक परीक्षण, बैंक स्टेटमेन्ट तथा सम्पत्तिको स्रोत जाँच, शंकास्पद सम्पत्तिमाथि अनुसन्धान र आवश्यक परे अदालतबाट फैसला भइसकेका वा विचाराधीन मुद्दाको पुनरावलोकन गर्न सकिने कानुनी व्यवस्था पनि गरिने तयारी छ।

सहमति कार्यान्वयनका लागि सरकार, स्वतन्त्र विज्ञ तथा आन्दोलनरत पक्षका प्रतिनिधि सम्मिलित उच्चस्तरीय समिति गठन गरिनेछ। उक्त समितिले सात दिनभित्र विशेष कार्यदल बनाएर कानुनको मस्यौदा र कार्यान्वयन कार्ययोजना तयार गर्नेछ।

प्रस्तावित सम्झौता कार्यान्वयनमा आएपछि जनकपुरबाट असार २५ गतेदेखि सुरु गरिएको मिटरब्याज पीडितको काठमाडौं केन्द्रित पैदल मार्च औपचारिक रूपमा स्थगित हुने जनाइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सांसदलाई सम्पत्ति विवरण बुझाउन संघीय संसद् सचिवालयको निर्देशन
राजनीति

सांसदलाई सम्पत्ति विवरण बुझाउन संघीय संसद् सचिवालयको निर्देशन

साउन १, २०८३
सांसद गङ्गादेवी श्रेष्ठले सरकारको आलोचना
राजनीति

सांसद गङ्गादेवी श्रेष्ठले सरकारको आलोचना

असार ३१, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षीको विरोध
राजनीति

प्रतिनिधिसभा बैठकमा विपक्षीको विरोध

असार ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सरकारका सय दिन: जनविश्वासको परीक्षा

सरकारका सय दिन: जनविश्वासको परीक्षा

साउन १, २०८३
सार्वजनिक खरिद ऐन संशोधन बहस: समस्या कार्यान्वयनमा र नियतमा कि नितिमा ?

सार्वजनिक खरिद ऐन संशोधन बहस: समस्या कार्यान्वयनमा र नियतमा कि नितिमा ?

साउन १, २०८३
नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

नेपाल मेडिकल कलेजका बीएससी नर्सिङ विद्यार्थीलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

साउन १, २०८३
शेयर बजारमा सुधार, नेप्से २४.५७ अङ्कले बढ्यो

साउन १ मा नेप्सेमा ७९.७४ अङ्कको उछाल, लगातार चौथो दिन वृद्धि

साउन १, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३
सांसदलाई सम्पत्ति विवरण बुझाउन संघीय संसद् सचिवालयको निर्देशन

सांसदलाई सम्पत्ति विवरण बुझाउन संघीय संसद् सचिवालयको निर्देशन

साउन १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व