Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजदेखि लागू नयाँ आर्थिक वर्ष : शिक्षा, स्वास्थ्य, बिजुलीदेखि सेयर करसम्म नयाँ व्यवस्था कार्यान्वयन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

आजदेखि आर्थिक वर्ष २०८३/०८४ औपचारिक रूपमा सुरु भएको छ। नयाँ आर्थिक वर्षसँगै सरकारको आम्दानी तथा खर्चको नयाँ लेखा प्रणाली सञ्चालनमा आएको छ भने चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटका विभिन्न व्यवस्था पनि आजैदेखि कार्यान्वयनमा आएका छन्।

नयाँ बजेटअनुसार शिक्षा, स्वास्थ्य, विद्युत्, सेयर कारोबार, डिजिटल सेवा तथा केही विलासिताका वस्तुमा करसम्बन्धी नयाँ व्यवस्था लागू भएको छ।

शिक्षा क्षेत्रमा अब निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ थपिनेछ।

स्वास्थ्य क्षेत्रमा सरकारी अस्पतालबाहेक निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाबाट सेवा लिँदा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने व्यवस्था लागू भएको छ।

विद्युत् महसुलतर्फ घरायसी उपभोक्ताले मासिक ५० युनिटभन्दा बढी बिजुली खपत गरेमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नुपर्नेछ। अन्य सबै प्रकारका विद्युत् उपभोक्तामा भने १३ प्रतिशत भ्याट यथावत् रहनेछ।

त्यसैगरी चुरोट, सुर्ती, खैनी, गुट्खा, बियर, स्वदेशी तथा विदेशी मदिरा तथा चिनीको मात्रा बढी भएका कार्बोनेटेड र एनर्जी ड्रिंक मा बढाइएको अन्तःशुल्क पनि आजदेखि लागू भएको छ।

उच्च क्षमताका विलासितापूर्ण सवारीसाधन तथा केही बहुमूल्य धातु र गहनामा कर बढाइएको छ। यद्यपि उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्न सरकारले २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको तथा ३६० प्रकारका औद्योगिक प्रयोजनका वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाएको जनाएको छ।

सेयर बजारमा पनि नयाँ पुँजीगत लाभकर लागू भएको छ। अब एक वर्षभन्दा बढी अवधिसम्म स्वामित्वमा रहेको सेयर बिक्री गर्दा ७.५ प्रतिशत र एक वर्षभित्र बिक्री गर्दा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ।

आयकरतर्फ, व्यक्तिगत आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ कायम गरिएको छ। वार्षिक १० लाख रुपैयाँसम्म करयोग्य आय भएका व्यक्तिले १ प्रतिशत मात्र आयकर तिर्नुपर्नेछ भने अधिकतम आयकर दर २९ प्रतिशत कायम गरिएको छ।

यस्तै, राइड सेयरिङ सेवामा आबद्ध सबै चालकका लागि स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरिएको छ। साथै केही डिजिटल सेवा तथा राइड सेयरिङ सेवामा नयाँ करको व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको सरकारले जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले
अर्थतन्त्र

सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

साउन २६, २०८३
नाइमा मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँमा सुरु
अर्थतन्त्र

नाइमा मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँमा सुरु

साउन २६, २०८३
सङ्घ, प्रदेश र पालिकाबीचको वित्तीय समन्वय सुदृढ बनाउने सरकारको योजना
अर्थतन्त्र

सरकार–निजी क्षेत्र बलियो साझेदारी आवश्यक : अर्थमन्त्री वाग्ले

साउन २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

शेयर बजार स्थिर, कारोबार रकम बढेर ४ अर्ब ११ करोड

साउन २६, २०८३
सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

सरकारी अभिलेख जोगाउन डिजिटलाइजेसनमा जोड : अर्थमन्त्री वाग्ले

साउन २६, २०८३
सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

सांसद हर्कराज राईको सरकारमाथि प्रश्न : ‘देशमा नागरिक मात्र होइन, जनप्रतिनिधि पनि सुरक्षित छैनन्’

साउन २६, २०८३
प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

प्रधानमन्त्रीलाई सांसद शर्माको आग्रह : गुप्तवास छोडेर संसद्मा आउनुहोस्

साउन २६, २०८३
जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

साउन २६, २०८३
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व