नेपालगञ्ज । डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा विभिन्न जनगुनासो सम्बोधन गर्दै ५ बुँदे सार्वजनिक प्रतिबद्धता जारी गरिएको छ।
कार्यक्रममा वडा नम्बर ५ को अधुरो सडक निर्माण, सडक ग्राभेल, नागरिकलाई सूचना सहज उपलब्ध गराउने, सेवा प्रवाह र विकास निर्माणको गुणस्तर सुधार तथा पालिकामा भएको आगजनी घटनाको छानबिन गर्ने लगायतका प्रतिबद्धता जनाइएको छ।
सार्वजनिक सुनुवाइमा २५० भन्दा बढी नागरिकको सहभागिता रहेको थियो। सहभागीहरूले खानेपानी, सडक, स्वास्थ्य चौकीमा जनशक्ति अभाव, सूचना प्रवाहलगायतका विषयमा प्रश्न र गुनासो राखेका थिए।
करिब ३ घण्टा चलेको कार्यक्रममा उठेका प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले दिएका थिए। कार्यक्रमको सहजीकरण बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले गरेका थिए।










Discussion about this post