काठमाडौं – भारतको दूरसञ्चार तथा प्रविधि कम्पनी रिलायन्स जियो प्लेटफर्म्स देशकै दोस्रो सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ।
अर्बपति मुकेश अम्बानीको स्वामित्व रहेको जियोको शेयर मुम्बईको शेयर बजारमा पहिलो कारोबारकै दिन २१ प्रतिशतले बढेको छ। शेयर मूल्य बढेसँगै कम्पनीको बजार पूँजीकरण १ खर्ब ३१ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ।

प्रतिकित्ता १ हजार ११९ भारु निष्कासन मूल्य तोकिएको जियोको शेयर बम्बई स्टक एक्सचेन्ज (बीएसई) र नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा १ हजार ३५८ भारुमा सूचीकृत भएको हो।
५३ करोडभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जियोमा मेटा प्लेटफर्म्स र गुगलले पनि लगानी गरेका छन्। एकल देशका ग्राहक सङ्ख्याका आधारमा जियो चीनको चाइना मोबाइलपछि विश्वकै दोस्रो ठूलो दूरसञ्चार कम्पनी हो।
भारतको सबैभन्दा मूल्यवान् कम्पनी भने रिलायन्स इन्डस्ट्रिज हो। यसको बजार पूँजीकरण १ खर्ब ६९ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ।










Discussion about this post