राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता Gyanendra Shahi ले अर्थमन्त्री डा. Swarnim Wagle माथि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
संसद्मा दर्ता भएको आर्थिक विधेयकका १६ पृष्ठ हटाएर अर्थ मन्त्रालयले नयाँ रूपमा विधेयक अघि बढाएको भन्दै उनले अर्थमन्त्रीमाथि राज्यद्रोहको आरोप लगाएका हुन्। उनले यस्तो गम्भीर विषयमा संसदीय समिति गठन गरी छानबिन गर्नुपर्ने आवश्यकता रहेको बताए।
शाहीले मन्त्रालयबाट सूचना चुहावट भएको कारण ७५३ वटा गाडी केरला नाकाबाट अवैध रूपमा भित्रिएको दाबी गर्दै अर्थमन्त्री वाग्लेको कडा आलोचना पनि गरे।
‘करका दर हेरफेरको विषय सीमित अर्थमन्त्री र उहाँले स्वीकृत गरेका व्यक्तिबाहेक अरूलाई थाहा हुँदैन,’ उनले भने, ‘तर सूचना लिक भएर ७५३ वटा गाडी केरला नाकाबाट भित्रिन्छ, १४ गते भन्सार पास हुन्छ, २० गते गाडी आउँछ, यस्तो अवस्थामा सूचना चुहावट कसले गर्यो?’
यसअघि नेकपा एमालेकी सांसद Padma Aryal ले पनि आर्थिक विधेयकका १६ पृष्ठ गायब पारिएको र करका दर हेरफेर गरिएको भन्दै अर्थमन्त्रीको आलोचना गरेकी थिइन्।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post