सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशका २८ जिल्लामा पहिलो जिल्ला अधिवेशन आयोजना गर्दैछ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोशी प्रदेशका चार, मधेश प्रदेशका चार, बागमतीका दुई, गण्डकीका चार, लुम्बिनीका तीन, कर्णालीका छ तथा सुदूरपश्चिमका पाँच जिल्लामा अधिवेशन हुन लागेको हो।
निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुने तय भएको छ। अधिवेशन सञ्चालनका लागि प्रत्येक जिल्लामा तीन सदस्यीय निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ।
यसअघि रास्वपाले ३८ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। ती जिल्लाहरूमा नयाँ नेतृत्वसमेत चयन भइसकेको पार्टीले जनाएको छ।
रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ। बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि आयोजना गरिने बताइएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने कार्यक्रम रहेको छ।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post