Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २४, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार, सुदृढ र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। भारत भ्रमणका क्रममा भारतीय समाचार च्यानल एनडिटिभीसँगको विशेष अन्तर्वार्तामा मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० स्थापना भएको छोटो अवधिमै जनताको विश्वास प्राप्त गर्दै सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पुर्‍याउने दिशामा सरकार सक्रिय रहेको बताउनुभयो।

उहाँले नेपाल र भारतबीच खुला सीमा भए पनि दुवै मुलुकले एकअर्काको सुरक्षा संवेदनशीलतालाई सम्मान गर्दै आएको उल्लेख गर्नुभयो। दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ सशक्त बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो। मौरिससमा भारतीय विदेशमन्त्री डा। एस। जयशङ्करसँग भएको भेटवार्ताको प्रसङ्ग उल्लेख गर्दै मन्त्री खनालले सम्भावित सबै क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि तथा कनेक्टिभिटीका क्षेत्रमा भारतको सहयोग, लगानी र साझेदारी नेपालको प्राथमिकतामा रहेको बताउनुभयो।

बङ्गलादेशमा नेपालबाट विद्युत् निर्यात गर्ने योजनामा भारतको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्दै मन्त्री खनालले विगतका विवादभन्दा भविष्यका अवसरलाई केन्द्रमा राखेर कूटनीतिक सम्बन्ध अघि बढाइने स्पष्ट पार्नुभयो। “हामी विगतका विषय लिएर आएका छैनौँ। अब पारस्परिक लाभ, सकारात्मक सोच र साझा समृद्धिका आधारमा सम्बन्धलाई अगाडि बढाउँछौँ,” मन्त्री खनालले भन्नुभयो, “नेपाली जनताको जीवनस्तर उकास्ने गरी नयाँ र बहुआयामिक सहकार्यका क्षेत्र पहिचान गरेर अघि बढ्नेछौँ।” उहाँले रास्वपाका सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी र भारतीय नेतृत्वबाट प्राप्त स्वागतले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक वातावरण सिर्जना गरेको पनि बताउनुभयो।

परराष्ट्रमन्त्री खनालले आगामी दिनमा नेपालमा रेलमार्ग विस्तार, शैक्षिक पूर्वाधार विकास, प्रविधि हस्तान्तरण तथा अन्य विकास साझेदारीका क्षेत्रमा भारतसँग ठोस सहकार्यका लागि महत्वपूर्ण सहमति हुने विश्वास व्यक्त गर्नुभयो। तीनदिने भारत भ्रमणमा रहनुभएका मन्त्री खनालले आफ्नो भारतीय समकक्षी डा। एस। जयशङ्करसँग द्विपक्षीय भेटवार्ता गरी नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गर्ने कार्यक्रम रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’
फ्ल्यास हेडिङ

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

भदौ २८, २०८३
आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला
कला/संस्कृति

आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

भदौ २८, २०८३
शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी
फ्ल्यास हेडिङ

शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

भदौ २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

भदौ २८, २०८३
आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

भदौ २८, २०८३
शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

भदौ २८, २०८३
भारतले नेपाललाई दियो तत्काल जडान गर्न मिल्ने तीन मोड्युलर पुल

भारतले नेपाललाई दियो तत्काल जडान गर्न मिल्ने तीन मोड्युलर पुल

भदौ २८, २०८३
सरकारी संरचना जोगाउन बागमतीले थाल्यो भवन बीमा

सरकारी संरचना जोगाउन बागमतीले थाल्यो भवन बीमा

भदौ २८, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

भदौ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व