Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २३, २०८३
सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य
0
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका बाढीजन्य विपद्को उच्च जोखिममा रहेका थप ८ वटा स्थानीय तहमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ प्रणाली लागू गर्न लागिएको छ।

जल तथा मौसम विज्ञान विभागको प्राविधिक सहयोग साथै मर्सिकोर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को साझेदारी तथा द कोकाकोला फाउण्डेशन आर्थिक सहयोगमा सञ्चालित ‘नेपालमा पूर्वानुमान आधारित पूर्वकार्यको सुदृढिकरण’ (सान) परियोजना र सेवक नेपालको समन्वयमा सुदूरपश्चिमको कैलाली जिल्लाका भजनी नगरपालिका, चुरे गाउँपालिका, गोदावरी नगरपालिका, मोहन्याल गाउँपालिका र घोडाघोडी नगरपालिका साथै कञ्चनपुर जिल्लाका लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिका र शुक्लाफाँटा नगरपालिका गरि ८ वटा पालिकाहरूमा यो प्रणालीको परीक्षण गर्न लागिएको हो।

परियोजनाअन्तर्गत यी पालिकाहरूमा परामर्श तथा अभिमुखीकरण बैठकहरू सम्पन्न भएका छन्। परम्परागत मौसम पूर्वानुमानले ‘कति वर्षा हुन्छ’ भन्ने मात्र जानकारी दिने गरेकोमा अब लागू हुने प्रभावमा आधारित मौसम पूर्वानुमानले ‘त्यो वर्षाले कुन क्षेत्रमा, कहिले र कस्तो क्षति पुऱ्याउन सक्छ’ भन्ने कुराको पूर्वसूचना दिनेछ। आगामी मनसुनलाई लक्षित गरी विशेष गरेर भारी वर्षा र अति भारी वर्षा साथै त्यसले निम्त्याउने बाढी र डुवानको प्रभावलाई जोडेर यो परीक्षण सुरु गर्न लागिएको हो।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इन्जिनीयर सञ्जय कुमार साहले यो पाइलटिङ चरण एकहोरो नभई दोहोरो सञ्चारमा आधारित हुने बताउनुभयो। उहाँले यस चरणमा विभागले पूर्वानुमानहरू उपलब्ध गराउने र स्थानीय निकायले सोही दिन त्यसको वास्तविक प्रभाव कस्तो रह्यो भनी प्रतिक्रिया उपलब्ध गराउने बताउनुभयो। इन्जिनीयर साहले सोही प्रतिक्रियाका आधारमा आगामी दिनमा पूर्वानुमानलाई थप परिमार्जन गर्दै लगिने जानकारी दिनुभयो। यसले भविष्यमा बाढीजन्य विपद्‌बाट हुने मानवीय क्षतिलाई शून्यमा झार्न र समुदायलाई पूर्वतयारी गर्न सहज बनाउने भनाई उहाँले राख्नुभयो। यो प्रणालीलाई समुदाय स्तरसम्मै पुऱ्याउन स्थानीय तहका जनप्रतिनिधिहरू, विपद् व्यवस्थापन सम्पर्क व्यक्तिहरू, कर्मचारीहरू, क्लस्टरहरू र सामुदायिक विपद् व्यवस्थापन समितिलाई समेत अभिमुखीकरण गरिसकिएको र यसले भविष्यमा उनीहरूलाई आफ्नो कार्यक्षेत्रमा काम गर्नमा सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

परामर्श बैठकको उद्देश्य र प्रभावकारितामाथि प्रकाश पार्दै मर्सिकोर नेपालका एन्टिसिपेटरी एक्सन स्पेसलिस्ट जगदीश डोटेलले पूर्वानुमानलाई स्थानीयकरण गरेर अन्तिम सरोकारवाला नागरिक वा समुदायसम्म पुऱ्याउन पालिकाहरूको मुख्य भूमिका रहने बताउनुभयो। उहाँले विपद्को उच्च जोखिममा समुदायकै मानिसहरू रहने भएकाले यो पूर्वानुमानबारे उनीहरू जानकार भएमा पूर्वतयारी र पूर्वाकार्य गर्न सक्षम हुने, जसले समुदाय स्तरमा क्षति न्यूनीकरण गर्न ठूलो टेवा पुग्ने बताउनुभयो।पालिकाहरूमा यो प्रणाली लागू हुन लागेपछि स्थानीय जनप्रतिनिधिहरूले यसलाई संस्थागत गर्न सकारात्मक प्रतिबद्धता र उत्सुकता देखाएका छन्।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले यो प्रणाली विपद् व्यवस्थापनका लागि निकै महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पहिले कति वर्षा हुन्छ, कहिले हुन्छ भन्ने मात्र सूचना प्राप्त हुन्थ्यो। तर अहिले पाइलटिङको रूपमा लागू गर्न लागिएको प्रणालीले कहाँ र कस्तो प्रभाव पार्छ भन्ने समेत पूर्वानुमान दिने भएकाले यो निकै उपयोगी हुनेछ।” नगर प्रमुख शर्माले यो पाइलटिङले आगामी मनसुनमा राम्रो काम गरेको खण्डमा यसलाई निरन्तरता दिन आफूहरू पूर्ण रूपमा उत्सुक रहेको बताउनुभयो।

भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले यो प्रणाली विशेष गरी बाढीको उच्च जोखिममा रहने समुदायका लागि वरदान सावित हुन सक्ने बताउनुभयो। उहाँले भजनी नगरपालिका हरेक वर्ष बाढीको चपेटामा पर्दै आएको अवगत गराउँदै भन्नुभयो, “परम्परागत सूचनाले मात्र हामीलाई पूर्वतयारी गर्न पुग्दैनथ्यो।” नगर प्रमुख चौधरीले यो प्रणालीले तल्लो तटीय क्षेत्रका नागरिकको जिउधन जोगाउन र पालिकालाई पूर्वतयारीका लागि सही र समयमै रणनीतिक निर्णय लिन निकै ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, पुनर्वास नगरपालिका-१० स्थित पचकडिया सामुदायिक विपद् व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र रानाले समुदाय स्तरमा काम गर्नेहरूका लागि यो प्रणाली निकै व्यावहारिक हुने उल्लेख गर्नुभयो। अध्यक्ष रानाले भन्नुभयो, “विपद् आउँदा सबैभन्दा पहिले जुध्ने भनेकै समुदायले हो। मौसमी परिघटनाले गाउँमा के असर पार्छ भन्ने कुरा पहिले नै थाहा पाएर पूर्वकार्य गर्न सकियो भने जनधनको क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ। त्यसैले यो प्रणालीलाई समुदायको तल्लो तहसम्मै प्रभावकारी रूपमा लैजानुपर्छ।”

स्थानीय सरकारहरूको अपनत्व र सरोकारवालाहरूको सक्रिय सहभागिताले यो “प्रभावमा आधारित मौसम पूर्वानुमान” सुदूरपश्चिमको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन साथै स्थानीय स्तरमा मानवीय र भौतिक क्षति कम गर्नका लागि कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विश्व वातावरण दिवसमा : वेदकोट-१ मा सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला
वातावरण

विश्व वातावरण दिवसमा : वेदकोट-१ मा सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला

जेष्ठ २२, २०८३
विश्व वातावरण दिवसको अवसरमा वेदकोटमा चित्रकला र वृक्षारोपण
वातावरण

विश्व वातावरण दिवसको अवसरमा वेदकोटमा चित्रकला र वृक्षारोपण

जेष्ठ २२, २०८३
विश्व वातावरण दिवस : भीमदत्तमा बृहत् सरसफाई, वृक्षारोपण र जनचेतनामुलक सडक नाटक मञ्चन
वातावरण

विश्व वातावरण दिवस : भीमदत्तमा बृहत् सरसफाई, वृक्षारोपण र जनचेतनामुलक सडक नाटक मञ्चन

जेष्ठ २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य

सुदूरपश्चिमका थप ८ पालिकामा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ परीक्षण गरिँदै, बाढीजन्य क्षति शून्यमा झार्ने लक्ष्य

जेष्ठ २३, २०८३
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

जेष्ठ २३, २०८३
ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

ऋणको भारी बोक्दै उत्पादनको सपना: बजेटमा महत्वाकांक्षा धेरै, कार्यान्वयनमा चुनौती

जेष्ठ २३, २०८३
वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक

वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामुलक सडक नाटक

जेष्ठ २३, २०८३
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन, महाधिवेशनको तयारी तीव्र

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन, महाधिवेशनको तयारी तीव्र

जेष्ठ २३, २०८३
विश्व वातावरण दिवसमा : वेदकोट-१ मा सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला

विश्व वातावरण दिवसमा : वेदकोट-१ मा सचेतनामूलक वक्तृत्वकला प्रतियोगिता तथा चित्रकला

जेष्ठ २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व