राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भुवन केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरेको छ।
पार्टी प्रवक्ता मनिष झाकाअनुसार साेमबार (असार १८ गते) बसेको पार्टी सचिवालय बैठकले केसीलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनयन गर्ने निर्णय गरेको हो।
केसीले पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली र कार्यविधिअनुसार आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास रास्वपाकाे छ। टोखा–६, काठमाडौँ निवासी उनी रास्वपाका केन्द्रीय सदस्य हुन्।










Discussion about this post