काठमाडौं । Lions Clubs International अन्तर्गतको मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ।
D.P. Aryal को प्रमुख आतिथ्यता तथा मल्टिपल काउन्सिल चेयरपर्सन Milan Thapa को अध्यक्षतामा काठमाडौंस्थित Nepal Police Club मा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले समाजसेवामा समर्पित लायन्स क्लबले आफ्नो मूल उद्देश्यलाई निरन्तरता दिँदै आएको उल्लेख गरे। उनले संस्थामा राजनीतिक प्रभाव नदेखिएको भन्दै आगामी दिनमा पनि यसको विशुद्ध सामाजिक चरित्र कायम रहनुपर्नेमा जोड दिए।
महाधिवेशनमा सभामुख अर्यालसहित लायन्स क्लबका सदस्य रहेका सांसद, पूर्व डिष्ट्रिक्ट गभर्नर, वर्तमान तथा आगामी लायन वर्षका डिष्ट्रिक्ट गभर्नरहरूलाई सम्मान गरिएको थियो। साथै सामाजिक सेवामा उत्कृष्ट योगदान पुर्याउने १५ वटै डिष्ट्रिक्टका क्लब तथा लायन्स लिडरहरूलाई अवार्ड र सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमका अवसरमा प्रकाशित स्मारिका (सुभेनियर) तथा मल्टिपल डिष्ट्रिक्टले नियमित रूपमा प्रकाशन गर्दै आएको ‘लायन म्यागजिन’ समेत विमोचन गरिएको थियो।
कार्यक्रममा बोल्दै Bal Krishna Burlakoti ले नेपालमा लायनिज्मले हासिल गरेको प्रगतिको चर्चा गर्दै ५४ वर्षको इतिहासमा पहिलो पटक महिला नेतृत्वले मल्टिपल काउन्सिल चेयरपर्सनको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको बताए। उनले मिलन थापाको नेतृत्वको प्रशंसा समेत गरे।
त्यसैगरी Sanjay Khetan ले आगामी जुलाई ३ देखि ७ सम्म Hong Kong मा हुने अन्तर्राष्ट्रिय कन्भेन्सनबारे जानकारी गराउँदै मिलन थापाको कार्यकाललाई सफल र ऐतिहासिक रहेको बताए।
आईडी इन्डोर्सी लायन Rajan Lamsal ले आगामी वर्षदेखि सुरु हुने अन्तर्राष्ट्रिय निर्देशक पदको अभियानमा सहयोग गर्न आग्रह गरेका थिए।
अध्यक्षीय मन्तव्यमा मिलन थापाले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा घर तथा सम्पत्तिमा क्षति पुगेपछि लायन्स सदस्यहरूले देखाएको सहयोग र सहानुभूतिका कारण सामाजिक सेवाका कार्यलाई निरन्तरता दिन सम्भव भएको बताइन्। उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
कार्यक्रमको व्यवस्थापन डिष्ट्रिक्ट ३२५ जी ले गरेको थियो। डिष्ट्रिक्ट गभर्नर Bidhan Joshi ले कन्भेन्सन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद ज्ञापन गरे।
महाधिवेशनमा नेपालका १५ वटा डिष्ट्रिक्टका ६०० भन्दा बढी लायन्स लिडर तथा सदस्यहरूको सहभागिता रहेको थियो।










Discussion about this post