Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रोयल च्यालेन्जर्स बैंगलुरुलाई लगातार दोस्रो आईपीएल उपाधि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १८, २०८३
रोयल च्यालेन्जर्स बैंगलुरुलाई लगातार दोस्रो आईपीएल उपाधि
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ को उपाधि जित्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा बैंगलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो। गुजरातले दिएको १५६ रनको लक्ष्य पछ्याएको बैंगलुरुले १८ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। टोलीको जितमा विराट कोहलीले अविजित ७५ रनको शानदार इनिङ्स खेले। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। भेङ्कटेश अय्यरले ३२ रनको योगदान दिए।

गुजरातका लागि राशिद खानले २ विकेट लिए भने मोहम्मद सिराज, कागिसो रबाडा र अर्शद खानले समान १(१ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो। वासिङ्टन सुन्दरले अविजित ५० रन बनाए भने निशान्त सिन्धुले २० तथा जस बटलरले १९ रन जोडे। बैंगलुरुका लागि रसिख सलामले ३ विकेट लिएर उत्कृष्ट बलिङ गरे। जोश हेजलउड र भुवनेश्वर कुमारले समान २(२ विकेट लिए भने क्रुनाल पाण्ड्याले १ विकेट हात पारे।

बैंगलुरुले यसअघि पहिलो क्वालिफायरमा पनि गुजरातलाई पराजित गरेको थियो। टोली लिग चरणमा शीर्ष स्थानमा रहँदै फाइनल पुगेको थियो। गत संस्करणमा पञ्जाब किङ्सलाई हराउँदै पहिलो पटक आईपीएल उपाधि जितेको बैंगलुरुले यसपटक उपाधि रक्षा गर्दै नयाँ इतिहास रचेको छ। लगातार दुई आईपीएल उपाधि जित्ने बैंगलुरु प्रतियोगिताको तेस्रो टोली बनेको छ। यसअघि चेन्नई सुपर किङ्सले सन् २०१० र २०११ मा तथा मुम्बई इन्डियन्सले सन् २०१९ र २०२० मा लगातार उपाधि जितेका थिए।

आईपीएल इतिहासमा सर्वाधिक सफल टोलीका रूपमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स समान ५–५ उपाधिसहित शीर्ष स्थानमा छन्। कोलकाता नाइट राइडर्सले ३ पटक उपाधि जितेको छ भने राजस्थान रोयल्स, डेक्कन चार्जर्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले समान १–१ पटक उपाधि जितेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’
फ्ल्यास हेडिङ

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

भदौ २८, २०८३
आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला
कला/संस्कृति

आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

भदौ २८, २०८३
शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी
फ्ल्यास हेडिङ

शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

भदौ २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

भदौ २८, २०८३
आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

भदौ २८, २०८३
शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

भदौ २८, २०८३
भारतले नेपाललाई दियो तत्काल जडान गर्न मिल्ने तीन मोड्युलर पुल

भारतले नेपाललाई दियो तत्काल जडान गर्न मिल्ने तीन मोड्युलर पुल

भदौ २८, २०८३
सरकारी संरचना जोगाउन बागमतीले थाल्यो भवन बीमा

सरकारी संरचना जोगाउन बागमतीले थाल्यो भवन बीमा

भदौ २८, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

भदौ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व