Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २८, २०८३
आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली महिलाको प्रमुख पर्व हरितालिका तीज आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। तीजको व्रत बस्नुअघि शक्ति सञ्चय गर्ने उद्देश्यले आज साँझ दर खाने गरिन्छ।

भाद्र शुक्ल द्वितीयाका दिन माइती तथा दाजुभाइले चेलीबेटी, दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरका रूपमा दूधबाट बनेका परिकार, गहुँको रोटी, घिउलगायत आडिलो तथा पौष्टिक खानेकुरा खाने चलन छ।

हरितालिका तीजको मुख्य व्रत भाद्र शुक्ल तृतीयाका दिन बसिन्छ। निराहार व्रत बस्ने महिलाले अघिल्लो दिन दर खाएर व्रतका लागि आवश्यक शक्ति सञ्चय गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

तीजका अवसरमा महिलाहरू माइती तथा आफन्तसँग भेटघाट गर्ने, गीत गाउने र वर्षभरिका सुख–दुःख तथा पीरमर्का व्यक्त गर्ने गर्छन्। पछिल्लो समय तीज सामाजिक तथा सांस्कृतिक अभिव्यक्तिको पर्वका रूपमा समेत विस्तार हुँदै गएको छ।

तीजमा बढ्दो तडकभडकप्रति चिन्ता

पछिल्ला वर्षहरूमा तीजका नाममा बढ्दै गएको तडकभडक, महिनौँअघि नै दर खाने तथा गरगहना र पोसाक प्रदर्शन गर्ने प्रवृत्तिप्रति संस्कृतिविद् तथा समाजशास्त्रीहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।

शास्त्रीय मान्यताअनुसार भाद्र शुक्ल द्वितीयाको साँझ दर खाने दिन हो। तर पछिल्लो समय तीजका कार्यक्रम तथा दर खाने चलन एक महिनाअघिदेखि नै सुरु हुने गरेको छ। यसले पर्वको मौलिकता र सांस्कृतिक पक्षमा असर पार्न सक्ने भन्दै विज्ञहरूले परम्परागत स्वरूप जोगाउन आग्रह गरेका छन्।

चार दिनसम्म मनाइन्छ तीज

दर खाएसँगै सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म चार दिन मनाइन्छ। भाद्र शुक्ल तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा तथा पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने परम्परा छ।

तीजको धार्मिक मान्यता

पौराणिक कथाअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पति प्राप्त गर्ने उद्देश्यले कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गराउन खोजेपछि पार्वतीका साथीहरूले उनलाई लुकाएर राखेको र त्यही क्रममा उनले निराहार व्रत बसेर शिवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ।

पार्वतीलाई साथीहरूले हरण गरी लुकाएको दिन भाद्र शुक्ल तृतीया भएकाले यस पर्वलाई ‘हरितालिका’ भनिएको धार्मिक मान्यता छ। तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा महिलाहरूको ठूलो भीड लाग्ने गर्छ।

तीज पर्वसँगै नेपाली समाजमा चाडपर्वको माहोलसमेत सुरु हुने गर्छ। तीजपछि क्रमशः दसैँ, तिहारलगायत ठूला पर्वहरू आउने भएकाले नेपाली सांस्कृतिक परिवेश थप उत्सवमय बन्ने गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’
फ्ल्यास हेडिङ

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

भदौ २८, २०८३
शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी
फ्ल्यास हेडिङ

शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

भदौ २८, २०८३
भारतले नेपाललाई दियो तत्काल जडान गर्न मिल्ने तीन मोड्युलर पुल
फ्ल्यास हेडिङ

भारतले नेपाललाई दियो तत्काल जडान गर्न मिल्ने तीन मोड्युलर पुल

भदौ २८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

अध्यक्ष लिङ्देनको आरोप–‘अहिलेको सरकारले पनि जनतामा आशा जगाउन सकेन’

भदौ २८, २०८३
आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

आजदेखि तीज पर्व सुरु, व्रतका लागि दर खाँदै नेपाली महिला

भदौ २८, २०८३
शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

शिक्षा सुधार अभियान रोक्न भ्रामक प्रचारले नसक्ने मन्त्री पोखरेलको दाबी

भदौ २८, २०८३
भारतले नेपाललाई दियो तत्काल जडान गर्न मिल्ने तीन मोड्युलर पुल

भारतले नेपाललाई दियो तत्काल जडान गर्न मिल्ने तीन मोड्युलर पुल

भदौ २८, २०८३
सरकारी संरचना जोगाउन बागमतीले थाल्यो भवन बीमा

सरकारी संरचना जोगाउन बागमतीले थाल्यो भवन बीमा

भदौ २८, २०८३
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

भदौ २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व