Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ९, २०८३
मेलमिलाप र न्याय सम्पादन सुधारका लागि वेदकोटमा क्षमता अभिवृद्धि कार्यक्रम
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिकामा न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुका लागि “न्याय सम्पादनमा सकारात्मक दृष्टिकोण” विषयक तीन दिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ ।

स्थानीय तहमा हुने विवाद समाधान प्रक्रियालाई प्रभावकारी, सहज तथा जनमैत्री बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा न्यायिक समितिको कार्यसम्पादन, मेलमिलापकर्ताको भूमिका, कानुनी प्रक्रिया तथा निष्पक्ष न्याय सम्पादनका विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।

कार्यक्रमको सभाध्यक्षता नगर उपप्रमुख तुलसी जोशीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा जिल्ला न्यायाधीश राजेन्द्र सिंह भण्डारी को उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला न्यायाधीश भण्डारीले न्याय सम्पादनमा संलग्न सबै पक्षले निष्पक्षता, सन्तुलन र जिम्मेवारीका साथ निर्णय लिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा छिटो, सहज र जनमैत्री न्याय सेवा प्रवाह गर्न मेलमिलापकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

यसैगरी, नगर उपप्रमुख जोशीले समुदायमा उत्पन्न हुने सामान्य विवादहरुलाई मेलमिलापमार्फत समाधान गर्दा सामाजिक सद्भाव कायम रहने बताउँदै न्यायिक समितिले सकारात्मक सोच र निष्पक्ष ढंगले कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरुको दक्षता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै नागरिकलाई भरोसायोग्य, सहज र प्रभावकारी न्याय सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयो ।

आयोजकका अनुसार तालिममा सहभागीहरुलाई व्यवहारिक अभ्याससहित न्यायिक प्रक्रिया, प्रचलित कानुनी व्यवस्था, मेलमिलापका विधि तथा समुदायस्तरमा उत्पन्न विवाद समाधानका प्रभावकारी उपायबारे जानकारी गराइएको छ ।

कार्यक्रममा वक्ताहरुले स्थानीय तहमा न्यायिक समितिको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै न्याय सम्पादनमा सकारात्मक दृष्टिकोण, निष्पक्षता र जनविश्वास कायम गर्न यस्ता तालिम प्रभावकारी हुने बताएका थिए ।

तीन दिने तालिम कार्यक्रममा नगरपालिकाभित्रका न्यायिक समितिका पदाधिकारी, मेलमिलापकर्ता तथा सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन
Uncategorized

जेन्जी सहिदको सम्झनामा कञ्चनपुरमा दीप प्रज्वलन

भदौ २३, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा
Uncategorized

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३
Uncategorized

जनसरोकार पोष्टको वार्षिकोत्सवमा बिरामी पत्रकार विष्टलाई उपचार खर्च सहयोग

भदौ ४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

कन्टेन्ट क्रिएटरको प्रभाव र सामाजिक जिम्मेवारी!

भदौ २५, २०८३
भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भोटेकोशी बाढीको राहत–उद्धारबारे विपक्षी दलको समीक्षा

भदौ २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भदौ २५, २०८३
स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

ओमानलाई ८७ रनले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि यूएईसँग भिड्ने

भदौ २५, २०८३
एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

एसीसी प्रिमियर कप सेमिफाइनलमा नेपाल र ओमान भिड्दै

भदौ २५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व