काठमाण्डौ – प्रतिपक्षी दलहरूले अवरोध गरेका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नबारे प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने कार्यसूची भए पनि उहाँको सट्टा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई बोल्न सभामुखले समय दिएपछि प्रतिपक्षी दलहरूले विरोध गरेका हुन् ।
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री सदनमा नआएको भन्दै विरोध गरेका छन् । कतिपय प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदन अवरोध गरेका हुन् ।










Discussion about this post