कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरस्थित फ्लोरिडा इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल ले वि.सं. २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले यस वर्ष पनि आफ्नो उच्च शैक्षिक गुणस्तरलाई प्रमाणित गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको हो।
विद्यालयका शिक्षक रोहित पालले दिएको जानकारी अनुसार यस वर्षको नतिजा निकै उत्साहजनक रहेको छ। परीक्षामा सहभागी कुल ४५ जना विद्यार्थी मध्ये सबैजना उत्तीर्ण भएका छन्। जसमध्ये ६ जनाले ‘ए प्लस’ र १६ जनाले ‘ए’ ग्रेड प्राप्त गर्दै विद्यालयको साख उच्च राखेका छन्। त्यस्तै अन्य विद्यार्थीहरूले पनि सम्मानजनक ग्रेड हासिल गरेका छन्।
शिक्षक पालले विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको सही मार्गदर्शन र अभिभावकहरूको निरन्तर सहयोगका कारण यो सफलता सम्भव भएको बताउनुभयो। यसैबीच, एसईईमा उत्कृष्ट नतिजा हासिल गरेसँगै फ्लोरिडा इन्टरनेशनलले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना प्रक्रिया समेत सुरु गरेको छ।










Discussion about this post