Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख ५, २०८३
इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा गरेको छ। तर जहाजहरूले तोकिएको सुरक्षित लेन प्रयोग गर्नुपर्ने शर्त राखिएको छ।

इरानका विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जालमार्फत अमेरिका–इरानबीचको युद्धविराम अवधिसम्म हर्मुज हुँदै आवतजावत गर्ने सबै व्यावसायिक जहाजका लागि मार्ग खुला गरिएको जानकारी दिनुभएको हो। यद्यपि जलमार्ग खुला गरिए पनि ट्र्याकिङ तथ्याङ्कअनुसार हाल सीमित संख्यामा मात्रै जहाज सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अमेरिका र इरानबीचको युद्धविराम आउँदो अप्रिल २२ मा सकिँदैछ। तीन महिनाअघि अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि यस क्षेत्रको तेल ढुवानी मार्ग प्रभावित हुँदै आएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको पछिल्लो घोषणालाई स्वागत गर्नुभएको छ। तर उहाँले औपचारिक शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम रहने स्पष्ट पार्नुभएको छ। यसअघि पाकिस्तानमा अमेरिका र इरानबीच भएको वार्ता निष्कर्षविहीन बनेको थियो। यद्यपि पाकिस्तानसहित अन्य मध्यस्थकर्ता देशहरूले दोस्रो चरणको वार्ताका लागि प्रयास जारी राखेका छन्।

इरानको यो घोषणा इजरायल र लेबनानबीच १० दिने युद्धविराम सहमति भएपछि आएको हो। इरान समर्थित हिज्बुल्लाहले पनि युद्धविराम पालना गर्ने जनाएको छ। यस घटनाक्रमलाई विश्व समुदायले सकारात्मक रूपमा लिएको छ। भारत, चीन, फ्रान्स र बेलायतलगायत देशका नेताहरूले शान्ति प्रयासप्रति स्वागत जनाएका छन्। हर्मुज जलमार्गमा तनाव घट्ने संकेत देखिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको हो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइजेनकोटलाई
फ्ल्यास हेडिङ

इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइजेनकोटलाई

कार्तिक २२, २०८३
चुनावी हारपछि पनि इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी
फ्ल्यास हेडिङ

चुनावी हारपछि पनि इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी

कार्तिक १९, २०८३
एल निनोको प्रभावले विश्वभर खाद्य सङ्कटको जोखिम बढ्दै
फ्ल्यास हेडिङ

एल निनोको प्रभावले विश्वभर खाद्य सङ्कटको जोखिम बढ्दै

कार्तिक १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

चाडपर्वले सामाजिक एकता र सद्भाव बलियो बनाऊन् : प्रधानमन्त्री बालेन शाह

चाडपर्वले सामाजिक एकता र सद्भाव बलियो बनाऊन् : प्रधानमन्त्री बालेन शाह

कार्तिक २४, २०८३
महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने

महेन्द्रनगर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव पुस १५ गते, ५० लाखको अक्षयकोष स्थापना गरिने

कार्तिक २३, २०८३
युवराज समराको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

युवराज समराको शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

कार्तिक २३, २०८३
लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट पुग्यो, ५८७ मेगावाट निर्यात

लक्ष्मीपूजामा विद्युत् माग १ हजार ८१३ मेगावाट पुग्यो, ५८७ मेगावाट निर्यात

कार्तिक २३, २०८३
तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्यो, किनमेल गर्नेको भीड

तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्यो, किनमेल गर्नेको भीड

कार्तिक २३, २०८३
नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य उकालो

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य उकालो

कार्तिक २३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व