Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १९, २०८२
आजदेखि संसद् अधिवेशन सुरु, पहिलो बैठकमा तीन अध्यादेश पेस हुने
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछिको पहिलो संसद् अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय हलमा दिउँसो २ बजे प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ।

रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो। बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको एकराम गिरीले जानकारी दिनुभयो।

सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भने सचिवालयस्थित कक्षमै बस्नेछ। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाल कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ।

आजको बैठकमा सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसअघि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरू पढेर सुनाउनुहुनेछ।

साथै प्रतिनिधिसभाले आफ्नै नियमावली नबनाएसम्म प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम काम कारबाही अघि बढाउने प्रस्ताव प्रस्तुत गरिनेछ।सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न सदस्यहरूको मनोनयन गर्ने, दलगत आधारमा मन्तव्य राख्ने तथा सभामुख निर्वाचनको मिति तय गर्ने कार्यसूची पनि रहेको छ। पद्मप्रसाद पाण्डेयका अनुसार आजै सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरिनेछ।

हिजोको सर्वदलीय बैठकले आउँदो आइतबार सभामुख निर्वाचन गर्ने निर्णय गरेको छ। संवैधानिक व्यवस्थाअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्नेछ, जसमा एक महिला र फरक–फरक दलबाट हुनुपर्ने प्रावधान रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वाग्लेको अभिव्यक्तिले राजनीति तात्यो, रविको भारत भ्रमण चर्चामा
फ्ल्यास हेडिङ

वाग्लेको अभिव्यक्तिले राजनीति तात्यो, रविको भारत भ्रमण चर्चामा

कार्तिक ९, २०८३
‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल
फ्ल्यास हेडिङ

‘३५ वर्षमा केही भएन भन्ने दाबी तथ्यले पुष्टि गर्नुस्’ : माधवकुमार नेपाल

कार्तिक ८, २०८३
जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
फ्ल्यास हेडिङ

जलवायु न्यायका लागि विश्व समुदाय गम्भीर बन्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

कार्तिक ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

कार्तिक ९, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

कार्तिक ९, २०८३
असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

कार्तिक ९, २०८३
बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ९, २०८३
बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

कार्तिक ९, २०८३
उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

उपत्यकामा एकै दिन ४७० सवारीसाधन कारबाहीमा

कार्तिक ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व