Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै, मन्त्रीहरुको नाममा छलफल चल्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र १३, २०८२
रास्वपाको संकल्प विकासमा राजनीति नगर्ने बालेनको प्रतिवद्धता
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । देशले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय भएको छ ।

त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ । नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो । राष्ट्रपति कार्यालयमा आज दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा शाहले प्रधानमन्त्रीको शपथ लिने तयारी गर्नुभएको छ ।

शपथग्रहण कार्यक्रममा ७ वटा शंखबाट शंखनाद, १०८ बटुकबाट स्वस्ति शान्ति वाचन र १६ बौद्ध भिक्षुबाट अष्टमंगल पाठको व्यवस्था गराउन रास्वपाले राष्ट्रपति कार्यालयलाई आग्रह गरेको छ । शपथग्रहणपछि शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा करिब २:१५ बजे पदभार ग्रहण गर्ने तय भएको रास्वपाले जनाएको छ ।

प्रतिनिधिसभा चुनावमा झापा ५ बाट निर्वाचित ३६ वर्षीय शाहले झण्डै दुईतिहाई बहुमतको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । रास्वपाले हिजो उहाँलाई संसदीय दलको नेता चयन गरेको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ । रास्वपाले प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेको छ ।

मन्त्रीहरूको नाममा भने छलफल भइरहेको रास्वपा नेताहरुले बताएका छन् । मन्त्री बन्ने सूचीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल, सस्मित पोखरेल, सुधन गुरुङ लगायतको नाम चर्चामा छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३
लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित
society

लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित

जेष्ठ २५, २०८३
दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल
देश/राष्ट्रिय

दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल

जेष्ठ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

सार्वजनिक लेखा समितिमा अर्थमन्त्री वाग्लेको अभिव्यक्तिबारे हंगामा

जेष्ठ २९, २०८३
पूर्वअर्थमन्त्री पुनको अर्थमन्त्री वाग्लेलाई चुनौती, ‘छानबिन मबाटै सुरु गर्नुस्’

पूर्वअर्थमन्त्री पुनको अर्थमन्त्री वाग्लेलाई चुनौती, ‘छानबिन मबाटै सुरु गर्नुस्’

जेष्ठ २९, २०८३
“मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्व बैंकको चेतावनी”

“मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने विश्व बैंकको चेतावनी”

जेष्ठ २९, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको भाउ तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो

जेष्ठ २९, २०८३
कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

कोशीलाई क्षेत्रीय आईटी हब बनाउने लक्ष्यसहित ‘काठमाडौं–विराटनगर डिजिटल कोरिडोर’ अवधारणा सार्वजनिक

जेष्ठ २९, २०८३
क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल

क्यान्सर औषधि सहज उपलब्धताका लागि स्वास्थ्य मन्त्रालयको पहल

जेष्ठ २९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व