Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
चैत्र ३, २०८२
नेपाल इन्जिनियरिङ कलेजमा संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्य सम्बन्धी फिल्ड कोर्स सुरु
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ललितपुरको प्रयागपोखरीस्थित नेपाल इन्जिनियरिङ कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा “संरक्षण जीवविज्ञान तथा विश्व स्वास्थ्यः मानव–पर्यावरण अन्तरसम्बन्ध” विषयक सातौँ वार्षिक फिल्ड कोर्स सोमबारबाट सुरु भएको छ । उक्त कार्यक्रममा नेपालभरका विद्यार्थी, अनुसन्धानकर्ता तथा संरक्षण क्षेत्रमा कार्यरत पेशाकर्मीहरूको सहभागिता रहेको छ ।

कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदप्रसाद ढकालले गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणमा युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए । उनले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विद्यार्थी र अनुसन्धानकर्ताहरूलाई राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा अध्ययन अनुसन्धान गर्न प्रोत्साहन दिँदै आएको उल्लेख गरे । वैज्ञानिक अनुसन्धानमार्फत युवा अनुसन्धानकर्ताहरूले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा उनले व्यक्त गरे ।

विशेष अतिथि डा। र्यान्डल काइजले नेपाली विद्यार्थी तथा अनुसन्धानकर्तासँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । उनले संरक्षणसम्बन्धी अनुसन्धानमा नेपाली नयाँ पुस्ताले देखाएको उत्साह र प्रतिबद्धताको प्रशंसा गर्दै भविष्यमा अन्तर्राष्ट्रिय सहकार्य अझ मजबुत बनाउने आवश्यकता औंल्याए । त्यसैगरी प्रा। म्याथ्यू नोभाकले नेपाली विद्यार्थी तथा संस्थासँग दीर्घकालीन शैक्षिक तथा अनुसन्धान सहकार्य विस्तार गर्ने आफ्नो रुचि रहेको बताए । नेपालमा उपस्थित भएर संरक्षण जीवविज्ञान र विश्व स्वास्थ्यका क्षेत्रमा उदाउँदै गरेका अनुसन्धानकर्तासँग नजिकबाट काम गर्न पाउँदा आफू उत्साहित रहेको उनको भनाई थियो ।

कार्यक्रमका अध्यक्ष नेपाल इन्जिनियरिङ कलेजको सेन्टर फर प्रोफेशनल स्टडिजका निर्देशक रोबर्ट डंगोलल नेपाल इन्जिनियरिङ कलेजले विगत सात वर्षदेखि वन्यजन्तु, प्राकृतिक स्रोत व्यवस्थापन तथा जैविक विविधता अध्ययनका विद्यार्थीहरूका लागि यस प्रकारको फिल्ड कोर्समार्फत व्यावहारिक अध्ययनको अवसर उपलब्ध गराउँदै आएको बताए । सहभागीहरूले यस अवसरलाई ज्ञान अभिवृद्धि गर्न उपयोग गर्दै दिगो विकास तथा जैविक विविधता संरक्षणमा योगदान पुर्याउनुपर्ने उनले आग्रह गरे ।

कार्यक्रमको संयोजन तथा सञ्चालन नेपाल इन्जिनियरिङ कलेजका एमएस्सी नेचुरल रिसोर्स म्यानेजमेन्ट कार्यक्रमका संयोजक डा। नारायणप्रसाद कोजुले गरेका थिए । आयोजकका अनुसार नेपालका सात विभिन्न संस्थाबाट कुल २० जना सहभागीहरूले उक्त कोर्समा भाग लिइरहेका छन् । नेपाल इन्जिनियरिङ कलेज र युनिभर्सिटी अफ वासिङ्टनले संयुक्त रूपमा सेन्टर फर ग्लोबल फिल्ड स्टडी तथा वासिङ्टन नेशनल बायोमेडिकल रिसर्च सेन्टरमार्फत कार्यक्रम सञ्चालन गरेका हुन् ।

चैत २ देखि वैशाख ६ सम्म सञ्चालन हुने उक्त कोर्समा संरक्षण जीवविज्ञान, वन्यजन्तु अनुसन्धान विधि, विश्व स्वास्थ्यसम्बन्धी मुद्दा तथा मानव–पर्यावरण अन्तरसम्बन्धका विषयमा केन्द्रित कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएका छन् । तालिममार्फत सहभागीहरूलाई व्यवहारिक फिल्ड अनुसन्धान अनुभव प्रदान गर्दै जैविक विविधता संरक्षण तथा वातावरण र मानव स्वास्थ्यबीचको सम्बन्धबारे गहिरो समझ विकसित गराउने लक्ष्य राखिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक
विज्ञान र प्रविधि

घरमै बसेर जग्गासम्बन्धी सेवा लिन सकिने, ‘मेरोकित्ता’ एप सार्वजनिक

जेष्ठ २२, २०८३
एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन
विज्ञान र प्रविधि

एभरेष्ट इन्जिनियरिङ कलेजमा AWS विद्यार्थी निर्माण समूह गठन

जेष्ठ १९, २०८३
शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी
फ्ल्यास हेडिङ

शैक्षिक परामर्श क्षेत्रलाई सामूहिक रूपमा बदनाम नगर्न ईक्यानको चेतावनी

जेष्ठ १०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

कञ्चनपुरको भीमदत्त-११ द्वारा वडाका ३२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

असार ६, २०८३
वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व