Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटमा तेस्रो नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु

प्रकाश भट्ट by प्रकाश भट्ट
कार्तिक १४, २०८२
वेदकोटमा तेस्रो नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु
0
SHARES
131
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिकामा नगर स्तरीय तेस्रो मेयर कप फुटबल प्रतियोगिता–२०८२ भव्य समारोहका बीच सुरु भएको छ। उद्घाटन समारोहमा नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता नगरप्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष चित्रदेव भट्टले गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगर उप–प्रमुख तुलसी जोशी, निवर्तमान नगर प्रमुख अशोक कुमार चन्द, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, पत्रकार, बुद्धिजीवी, समाजसेवी, खेलाडी तथा स्थानीयहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख भोजराज बोहराले आर्थिक तथा भौतिक चुनौतीहरूबीच पनि वेदकोट नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा निरन्तरता दिइरहेको बताउनुभयो। उहाँले पछिल्लो समय सम्पन्न विभिन्न प्रतियोगिताहरूले खेलप्रति युवाहरूको आकर्षण बढाएको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ भव्य रूपमा मेयर कप सञ्चालन गरिने जानकारी दिनुभयो।

त्यस्तै नगर प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष चित्रदेव भट्टले खेलकुदले युवाहरूलाई अनुशासन, सद्भाव र एकता सिकाउने बताउँदै नगरपालिका भित्रका खेल मैदानहरूलाई व्यवस्थित गर्दै खेल गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले पनि मेयर कपजस्ता प्रतियोगिताहरूले नगरपालिका स्तरमै प्रतिभा पहिचान र विकास गर्न मद्दत पुर्‍याउने बताउँदै सबै टोलीहरूलाई निष्पक्ष खेल र खेलभावनाका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिनुभयो।

उद्घाटन सत्रमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण खेल खेलिएको थियो। उक्त खेलमा कर्मचारी टोलीले जनप्रतिनिधि टोलीलाई ३–० को अन्तरले पराजित गरेको थियो। कर्मचारीतर्फबाट कमल कलौनीले दुई गोल र प्रकाश कलौनीले एक गोल गर्दै टोलीलाई विजयी बनाए।

कार्यक्रमको सञ्चालन वडा नम्बर ५ का वडा सदस्य पुष्कर सिंह बिष्टले गर्नुभएको थियो।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३
रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा
खेलकुद

रोनाल्डो भर्सेस यामाल : दुई पुस्ताको रोमाञ्चक प्रतिस्पर्धा

असार २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

क्यानडामा “तेश्रो नेपाल फेस्टिवल–२०२६” हुँदै, लोक गायक खेम सेन्चुरी सहितका कलाकारको बिशेष प्रस्तुति रहने….

साउन १०, २०८३
सुनको भाउ आज तोलामा २ हजार रुपैयाँ वृद्धि

सुनको मूल्यमा फेरि वृद्धि, तोलामा १ हजार ६०० रुपैयाँ थपियो

साउन १०, २०८३
प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री

प्रल्हाद जोशी बने भारतका नयाँ केन्द्रीय शिक्षामन्त्री

साउन १०, २०८३
भोलि उद्घाटन हुँदै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तत्काल आकस्मिक गाडी मात्र सञ्चालन

भोलि उद्घाटन हुँदै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तत्काल आकस्मिक गाडी मात्र सञ्चालन

साउन १०, २०८३
हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

संसद्को गरिमा : आशाबाट प्रश्नसम्म, प्रश्नबाट समाधानसम्म 

साउन ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व