Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पानी कम पिउँदा तनाव बढ्छ: नयाँ अध्ययन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ३०, २०८२
मिर्गौला स्वस्थ राख्न कति पानी पिउनुपर्छ ?
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पानी सकेसम्म धेरै पिउनु पर्छ भनेर त हामीले सुन्दै आइरहेका छौँ । यो भन्दा पनि धेरै हामीलाई कम पानी पिउनुका बेफाइदाहरू बताइएको छ । मिर्गौला र कलेजोको स्वास्थ्यको लागि समेत पानी पिउनु विशेष गरी धेरै महत्त्वपूर्ण भनिएको छ ।

यद्यपि, तनाव कम गर्न पनि धेरै पानीको सेवन जरुरी छ । हालैको एक अनुसन्धानमा यो कुरा बाहिर आएको हो । यो अध्ययनले एक व्यक्तिलाई हरेक दिन कति पानी पिउन आवश्यक छ र शरीरको यो आवश्यकता पूरा नभएमा तनाव कसरी बढ्न सक्छ भनेर बताएको छ ।

दिनमा १ दशमलव ५ लिटरभन्दा कम पानी पिउने मानिसहरूको शरीरमा तनावको परिस्थितिमा कोर्टिसोल नामक हर्माेनको मात्रा बढ्ने जर्नल अफ एप्लाइड फिजियोलोजीमा प्रकाशित हालैको एक अध्ययनले खुलासा गरेको छ ।

यो शरीरमा तनाव निम्त्याउने मुख्य हर्माेन हो । अनुसन्धानका अनुसार शरीरमा थोरै मात्रै पानीको कमीले पनि सामान्य व्यक्तिमा तनावको अनुभूति बढाउँछ र प्रतिक्रियाहरू पनि परिवर्तन हुन थाल्छ ।

कसरी गरियो अनुसन्धान ?

वैज्ञानिकहरूको एक समूहले सारा अनुसन्धान युवाहरूमा गरेका थिए । यस अन्तर्गत, युवाहरूलाई दुई फरक समूहमा विभाजन गरिएको थियो । एउटा समूहले हरेक दिन १ दशमलव ५ लिटर वा कम पानी पिउँथ्यो ।

अर्को समूहले चाहिँ मापदण्ड अनुसार पानी पिउँथ्यो । एक हप्तासम्म नियम पालना गरेपछि युवाहरूको सार्वजनिक रूपमा बोल्ने र प्रश्नहरू समाधान गर्ने क्षमताको परीक्षण गरिएको थियो ।

अनुसन्धानकर्ताहरूले दुवै समूह समान रूपमा चिन्तित भएको र उनीहरूको मुटुको धड्कन पनि समान रूपमा बढेको पत्ता लगाए । यद्यपि, जुन समूहका मानिसहरूले डेढ लिटर पानीको मापदण्ड पालना गरे, उनीहरूमा कोर्टिसोल हर्मोन बढी पाइयो ।

वैज्ञानिकहरूका अनुसार मानिसहरूमा कोर्टिसोल बढिरहेको छ भने यसले तनाव बढ्छ । कोर्टिसोल धेरै महिना वा वर्षसम्म बढिरह्यो भने यसले मुटु रोग, मिर्गौला समस्या वा मधुमेहको जोखिम बढाउने पाइयो ।

अनुसन्धानमा भाग लिने र कम पानी पिउने मानिसहरूलाई बढी पानी पिउनेहरूको तुलनामा तिर्खा भने लागेको थिएन । यद्यपि, उनीहरूको शरीरले अरू केही भनिरहेको थियो । पिसाबको गाढापनले उनीहरूको शरीरमा पानी कम भएको सङ्केत गरिरहेको थियो । अर्थात् अत्यधिक तिर्खाले सधैँ शरीरमा पानीको आवश्यकतालाई सङ्केत नगर्ने यसले देखायो ।

पानीको अभावले किन बढाउँछ तनाव ?

शरीरमा पानीको अभावको सम्पूर्ण विज्ञान मस्तिष्कसँग जोडिएको छ । जब शरीरमा पानीको कमी हुन्छ, मस्तिष्कले भासोप्रेसिन नामक हर्माेन निकाल्छ, जसले पानी बचत गर्न र रगतको मात्रा व्यवस्थापन गर्न मिर्गौलालाई सन्देश पठाउँछ । यद्यपि, भासोप्रेसिन एक्लैले भने काम गर्दैन । मस्तिष्कको चेतावनी प्रणाली पनि सक्रिय हुन्छ, जसले कठिन समयमा शरीरमा कोर्टिसोल नाम गरेको हर्माेनको मात्रा बढाउँछ । फलस्वरूप, शरीरमा कम तरल पदार्थको उपस्थितिले तनावको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछ ।

यो अवस्थाले मानिसहरूको शारीरिक अवस्थालाई बिगार त गर्छ नै मानसिक अवस्था पनि बिग्रन थाल्छ । यस्तो अवस्थामा, कसैले दिनँहु दबाबको सामना गर्छ वा काम पूरा गरिसक्नु पर्ने समयसीमामा हुन्छ वा पारिवारिक जिम्मेवारी र आर्थिक चिन्ताहरूसँग संघर्ष गरिरहेको हुन्छ भने उसको मानसिक अवस्था तनावपूर्ण हुन्छ । यो समग्र स्वास्थ्यको लागि घातक साबित हुन सक्छ ।

त्यसो भए के धेरै पानी पिउनाले तनाव कम हुन सक्छ ?

सही मात्रा भन्दा कम पानी पिउँदा तनाव बढ्न सक्छ । तर, यसको विपरीत अर्थात् बढी पानी पिउनाले तनाव कम हुन्छ त भनेर चाँहि भन्न सकिदैंन । सरल शब्दमा भन्नुपर्दा, कम पानी पिउनु घातक साबित हुन सक्छ, तर धेरै पानी पिउनाले शरीरमा पहिले नै रहेको कोर्टिसोललाई असर गर्दैन । तनावको लागि बाहिरी संसारको अवस्था धेरै हदसम्म जिम्मेवार हुने भएकोले पनि यसले असर नगर्ने भएको हो । मानव शरीरमा तरल पदार्थको आवश्यकता पानीले मात्र पूरा गर्दैन । दिनभरि खाइने चिया, कफी, दूधले पनि शरीरमा तरल पदार्थको आवश्यकता पूरा गर्दछ । तर, पानीको प्रभाव यी सबै पेय पदार्थहरू भन्दा छिटो र तीव्र हुने अनुसन्धानमा पाइएको छ । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बैशाख १८, २०८३
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

बैशाख ५, २०८३
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

चैत्र १, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व