Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको वेदकोटमा छाउगोठ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

प्रकाश भट्ट by प्रकाश भट्ट
भदौ ६, २०८२
कञ्चनपुरको वेदकोटमा छाउगोठ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर -१० मा ‘छाउगोठ सम्बन्धी अन्तरक्रिया तथा सचेतना कार्यक्रम’ सम्पन्न भएको छ। वडाभित्रका सबै छाउगोठ भत्काएपछि स्थानीय बासिन्दालाई थप जानकारी र सचेतना प्रदान गर्न यो कार्यक्रम आयोजना गरिएको हो।

वडा कार्यालयले नेपाल प्रहरी र विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा गत साउन महिनामा वडाभित्रका २३ वटा छाउगोठ भत्काएको थियो। छाउगोठ भत्काउने अभियानपछि शुक्रबार ‘स्विट नेपाल’ संगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा बोल्दै वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले छाउगोठ भत्काएर मात्रै समस्या समाधान नहुने बताउनुभयो। यो कुप्रथालाई जरैदेखि उन्मूलन गर्नका लागि सबैको सोच र व्यवहारमा परिवर्तन आउनु जरुरी रहेको बताउँदै उहाँले यस कार्यमा नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिनुभयो। “यो कुप्रथालाई जरैदेखि उन्मूलन गर्नका लागि हामी सबैको सोच र व्यवहारमा परिवर्तन आउनु जरुरी छ,” उहाँले भन्नुभयो, “नगरपालिका यस कार्यमा पूर्ण रूपमा प्रतिबद्ध छ र यस्ता सामाजिक कुरीति हटाउन नागरिक समाज, प्रहरी र स्थानीय समुदायसँगको सहकार्यलाई थप बलियो बनाउनेछ।”

त्यसैगरी, वेदकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रतन सिंह बिष्टले वडामा छाउगोठ भत्काएर सकारात्मक सुरुवात गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले हाम्रो वडाभित्र रहेका २३ वटा छाउगोठ भत्काएर एउटा सकारात्मक सुरुवात गरेका छौँ। तर, यो अभियानलाई दिगो बनाउनका लागि स्थानीय स्तरमा सचेतना र सामाजिक चेतनाको स्तर बढाउनु हाम्रो प्रमुख दायित्व हो।”

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कानुनले छाउपडी प्रथालाई दण्डनीय मानेको उल्लेख गर्दै यसलाई शून्य सहनशीलताको नीति अपनाएर नियन्त्रण गरिने बताउनुभयो। उहाँले यस्ता सामाजिक अपराधविरुद्ध सबै पक्षको सहकार्य अपरिहार्य रहेको पनि प्रष्ट पार्नुभयो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीले प्रहरी प्रशासन छाउगोठ भत्काउने र छाउपडी कुप्रथाविरुद्धको अभियानमा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कसैले यस्तो कुप्रथालाई निरन्तरता दिएको पाइएमा कानुन अनुसार कडा कारबाही गरिने उहाँले जानकारी दिनुभयो।

वेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशीले छाउगोठले महिलालाई शारीरिक र मानसिक दुवै रूपमा असर पुर्याउने हुँदा यसलाई अन्त्य गर्न नारी शिक्षा र सशक्तिकरणमा जोड दिनुपर्ने बताउनुभयो।

स्विट नेपालका अध्यक्ष आमिर तिरुवाले छाउपडी प्रथालाई हटाउनका लागि स्थानीय सरकार र समुदायसँगको सहकार्यमा यस्ता सचेतना कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिनुभयो।

स्थानीय बिस्ना चुनाराले पनि आफ्नो छाउगोठ भत्काएको अनुभव सुनाउँदै महिलाहरूले नै यो कुप्रथालाई तोड्न पहल गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “सुरुमा छाउगोठ भत्काउन डर लागेको थियो, तर अहिले धेरै राहत महसुस भएको छ। छाउगोठ भत्काएपछि गाउँमा एउटा नयाँ चेतना आएको छ जस्तो लाग्छ।”

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने
कन्चनपुर

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न
देश/राष्ट्रिय

दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

साउन २१, २०८३
रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से १३.८२ अंकले घट्यो, कारोबार रकम बढ्यो

साउन २१, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकार पर्याप्त तयार छैन : कमला पन्त

साउन २१, २०८३
‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

‘ब्लु बस’ महिलाको सुरक्षाका लागि, विभाजनका लागि होइन : मन्त्री सीता बादी

साउन २१, २०८३
सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

सार्वजनिक यातायातमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न प्रविधिमा आधारित सुरक्षा प्रणाली सुदृढ गरिने

साउन २१, २०८३
सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व