Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जन्मदेखि मृत्युसम्म: भीमदत्त-११ मा वडाको साथ

प्रकाश भट्ट by प्रकाश भट्ट
साउन १९, २०८२
जन्मदेखि मृत्युसम्म: भीमदत्त-११ मा वडाको साथ
0
SHARES
142
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-११ ले यस आर्थिक वर्ष २०८२-०८३ मा पनि नवजात शिशु स्याहार खर्च र दाहसंस्कार खर्च दिने कार्यक्रमलाई निरन्तरता दिने भएको छ। वडा अध्यक्ष प्रकाश थापाले वडाबासीको जन्मदेखि मृत्युसम्मका दुःख-सुखमा साथ दिने उद्देश्यले यो कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो।

गत आर्थिक वर्ष २०८१-०८२ देखि सुरु भएको यस कार्यक्रम अन्तर्गत शिशु जन्मिएपछि स्याहारका लागि प्रतिशिशु २,००० रुपैयाँ र वडाबासीको मृत्यु भएमा दाहसंस्कारका लागि ५,००० रुपैयाँ प्रदान गरिन्थ्यो। गत वर्ष चार दर्जनभन्दा बढी वडाबासीले यस सुविधाबाट लाभ लिएका थिए।

यस वर्ष भने उक्त रकम बढाइएको छ। अब शिशु जन्मिएपछि प्रतिशिशु २,५०० रुपैयाँ र दाहसंस्कारका लागि ५,५०० रुपैयाँ उपलब्ध गराइनेछ। अध्यक्ष थापाका अनुसार वडाका विपन्न र गरिब नागरिकलाई लक्षित गरी यो सहयोग रकम बढाइएको हो। शिशु जन्मिएपछि पोषणयुक्त खानेकुरा अभावमा कुपोषणको शिकार नहोस् र मृत्युपछि दाहसंस्कारका लागि दाउरा खरिद तथा अन्य काजकिरियामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो।

अध्यक्ष थापाको यो योजनाले वडाका नागरिकमा नयाँ आशा जगाएको छ। जन्मदेखि मृत्युसम्मका हरेक मोडमा वडाले साथ दिने भएपछि यहाँका विपन्न नागरिकहरूले ठूलो राहत महसुस गरेका छन्।

आर्थिक सहयोगका साथै उहाँको पहलमा विद्यार्थीहरूका लागि अंग्रेजी र कम्प्युटर कक्षा, एसईई तयारी कक्षा, नियमित स्वास्थ्य शिविर र घरदैलो स्वास्थ्य सेवा जस्ता बहुमुखी कार्यक्रमहरूले वडाको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। अध्यक्ष थापाको दूरदर्शिता र नागरिकमैत्री नेतृत्वले वडालाई नमुना वडा बनाउन सफल भएको स्थानीयवासी बताउँछन्।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण
देश/राष्ट्रिय

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर–२ मा बगर संरक्षण गर्न वृक्षारोपण

असार २२, २०८३
मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा
देश/राष्ट्रिय

मासुम विष्टको ‘हाई स्यान्डल’ बजारमा, नेपाल र भारतका दर्शकमाझ निकै चर्चामा

असार २२, २०८३
एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न
देश/राष्ट्रिय

एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ४९ कञ्चनपुरको १४ औं वार्षिक साधारण सभा सम्पन्न

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

बेरुजु उपसमिति गठन विवादमा, लेखा समितिको बैठक स्थगित

असार २३, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार

असार २३, २०८३
प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेट

असार २३, २०८३
मौसम अपडेट : जलवाष्पयुक्त हावाको प्रभावले बदली र वर्षा, सतर्कता अपनाउन आग्रह

आज देशका अधिकांश स्थानमा वर्षा, केही क्षेत्रमा भारी पानीको सम्भावना

असार २३, २०८३
नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

नेपाल नेत्रज्योति सङ्घको कम्बोडियामा पहिलो निःशुल्क आँखा शिविर सम्पन्न

असार २३, २०८३
देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

देशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशतमा

असार २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व