कञ्चनपुर । बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकलाई लक्षित गर्दै कञ्चनपुरमा अवलोकन भ्रमण तथा वनभोज कार्यक्रम आयोजना गरिएको छ।
बौद्धिक अपाङ्गता अभिभावक संघ कञ्चनपुरको आयोजनामा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गराइएको हो। भ्रमणमा बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावक गरी ३५ जनाको सहभागिता रहेको थियो।
भ्रमणका क्रममा सहभागीहरूलाई जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गराउनुका साथै आपसी सद्भाव, मनोरञ्जन र सामाजिक घुलमिल बढाउने उद्देश्यले वनभोज कार्यक्रमसमेत आयोजना गरिएको थियो।
संघका जिल्ला अध्यक्ष शान्ति मल्लका अनुसार कार्यक्रमले बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकलाई दैनिक व्यस्तताबाट केही समय अलग रहेर रमाइलो गर्ने, आपसी अनुभव साटासाट गर्ने र सामाजिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको छ।

अध्यक्ष मल्लले यस्ता कार्यक्रमले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धि गर्नुका साथै उनीहरूमा आत्मविश्वास, सकारात्मक सोच र सामाजिक घुलमिलको भावना विकास गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।










Discussion about this post