काठमाडौं । नेपालमा एकदिवसीय क्रिकेट विश्वकपको छनोट प्लेअफ प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगितामा आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।
हाल नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा विश्वकप लिग–२ को अन्तिम चारमा रहने निश्चित भइसकेको छ। प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएपछि नेपाली टोलीलाई घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने अवसरसमेत मिल्नेछ।









Discussion about this post