काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलोपटक डीआरएस (डिसिजन रिभ्यु सिस्टम) प्रविधि प्रयोग गरिने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी कात्तिक ९ गतेदेखि सुरु हुने प्रतियोगितामा यो प्रविधि लागू गरिनेछ।
डीआरएस प्रविधिले अम्पायरको निर्णयमा हुन सक्ने त्रुटि कम गर्दै खेललाई थप निष्पक्ष र पारदर्शी बनाउन सहयोग गर्ने विश्वास गरिएको छ। यस प्रणालीमार्फत खेलाडीले अम्पायरको निर्णय चित्त नबुझेमा पुनरावलोकनको माग गर्न सक्नेछन्।

क्यानका सचिव पारस खड्काका अनुसार डीआरएस जडानमा लाग्ने खर्च क्यान र प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइजी टोलीले संयुक्त रूपमा व्यहोर्नेछन्। एनपीएलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट टी–२० लिगको औपचारिक मान्यता र स्वीकृतिसमेत प्राप्त गरेको छ।
प्रतियोगिता मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ। उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। विदेशी खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।










Discussion about this post