काठमाडौँ । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारीका लागि अब खरिदकर्ता स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ।
यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गर्दै दर्ता, नामसारी तथा बीमासम्बन्धी प्रक्रियालाई सहज बनाएको हो।
संशोधित व्यवस्थाअनुसार आवश्यक कागजातसहित खरिदकर्ताको प्रतिनिधि उपस्थित भएर दर्ता तथा नामसारीको प्रक्रिया पूरा गर्न सक्नेछन्। त्यसका लागि खरिदकर्ताको वारेसनामा, प्रतिनिधिको सक्कल परिचयपत्र र खरिदकर्ताको फोटो आवश्यक पर्नेछ।

यस्तै, सवारीसाधनको बीमा गर्न वा नवीकरण गर्न पनि सवारीधनी यातायात कार्यालयमा उपस्थित हुनुपर्ने छैन। विभागले संशोधित व्यवस्थाअनुसार सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।










Discussion about this post